नवलपुरको पहाडी क्षेत्र जोडने मुख्य सडकहरु अवरुद्ध

NAWALPUR TIMES
प्रकाशित : २०८१ असार २५ गते ८:२७
नवलपुरको पहाडी क्षेत्र जोडने  मुख्य सडकहरु अवरुद्ध

कावासोती । विगत केहि दिन देखि परेको अविरल वर्षाको कारण ठाउँमा ठाउँमा पहिरो खसे पछि नवलपुरको पहाडी क्षेत्रका बुलिङ्गटार र बौदिकाली गाउँपालिका जाने मुख्य सडकहरु अवरुद्ध भएका छ्न ।

लगातार परेको पानीले पहाडी क्षेत्र जाने सडकको कुमसोत-पोखरी खण्डको पांग्रेमा बिहिबार देखि गएको पहिरो पन्छाउन नसकिदा दलदले र कावासोती बाट कुमसोत हुँदै जाने सवारी चलन नसकेका हुन । पांग्रेको पहिरो पन्छाउने काम पुर्ण रुपमा पानी नरोकिए सम्म गर्न नसकिने प्रहरीले जनाएको छ ।

यसैगरी  पहाडी क्षेत्र जोडने अर्को सडक कालीगण्डकी करिडोरसमेत अवरुद्ध भएको छ । गैँडाकोट र बुलिङ्गटारको सिमानामा रहेको तरंगेको खोलामा आएको बाढीले खोलाको ह्युमपाईप बगाएका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

पहाडी क्षेत्र जोडने मुख्य बाटोहरुमा ठाउँ ठाउँमा पहिरो गएको र बाटोमा पर्ने साना खोलाहरुमा समेत बाढी आएपछी गाउँपालिकालाई सदरमुकाम सम्म जोडने सडक पुर्ण रुपमा बन्द हुदाँ जनजीवन प्रभावित भएको हो ।

प्रकाशित : २०८१ असार २५ गते ८:२७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI