– भीमलाल कंडेल
हामी सबैका र नेपाली जनताका अत्यन्तै आदरणीय नेता पुष्पलालको ४६औं स्मृती दिवसमा उहाँप्रति श्रद्दासुमन गर्न आदरभाव प्रकट गर्न उहाँका योगदानको चर्चा गर्न उहाँले नेपाली समाजमा रुपान्तरणका निम्ति पुर्याउनु भएको योगदानको स्मरण र मुल्याङ्कन गर्न उहाँका महान शिक्षाबाट प्रेरणा लिएर नेपाली समाजलाई अझ अगाडि बढाउने र ‘’समृद्द नेपाल सुखि नेपाली’’ को गन्तब्यमा पुर्याउने संकल्पका साथ सर्ब प्रथम उहाँप्रति भावपुर्ण श्रद्दाजली अर्पण गर्न चाहान्छु ।
नेपालको परिबर्तनका लागि र नेपाली जनताको खुसियालीका लागि उहाँले कलिलो उमेरदेखि जीबनभर नै कठोर संघर्ष गर्नुभएको थियो । नेपालमा लोकतन्त्र होस, नेपाल राष्ट्र रहोस, यस्को सार्बभौमसत्ता, स्वाधिनता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हितको रक्षा र सम्बर्दन हुन सकोस, हाम्रो गौरबपुर्ण ईतिहास जस्ताको तस्तै प्रस्तुत होस र अझ गौरबपुर्ण ढंगले अगाडि बढोस। नेपालमा रहेका सामाजीक भेदभाव, असमानता,विकृती पछौटेपन, कुरिती, कुसंस्कारबाट नेपाली समाजलाई मुक्त गर्न सकियोस र एउटा उन्नत सुशुक्षित सभ्य समाज निर्माण गर्न सकियोस भनेर उहाँले आफ्नो जीबनभरी काम गर्नुभएको थियो।
पुष्पलालको जन्म रामेछाप जिल्लाको भंगेरी गाँउमा वि. स. १९८१ साल असार १५ गते पिता भक्तलाल श्रेष्ठ र माता तुलसीमाया श्रेष्ठको दोस्रो सन्तान (माइला छोरा) को रुपमा भएको थियो। पुष्पलाल रामेछापबाट ओखलढुङ्गा र सिन्धुपालचोकमा आमाबुवाको साथमा वाल्यकालका केहि बर्ष बिताएर काठमाडौं आउनुभयो।
त्यहाँ आएपछि पुष्पलाललाई आफ्ना दाजु गंगालालले घरमै शिक्षाको बन्दोबस्त गर्नुभएको थियो उहाँले प्रारम्भिक शिक्षा पुरा गरेपछि पाटन हाईस्कुलमा पढ्नुभयो र त्यहाँबाट प्रबेशिका परिक्षा उतिर्ण गर्नुभयो त्यसपछि उहाँले औपचारिक शिक्षाको अवसर पाउनुभएन तर उहाँको स्वअध्ययन कृति र ब्यवहारका कारण उहाँ नेपालको उच्चकोटिको विद्दानमा सम्मानित हुनुभएको थियो सामाजिक धार्मिक सुधारका आन्दोलन संगै बि.स.१९८८ पछि नेपालमा राणाशाहि बिरोधी संगठित आन्दोलनको शुरुवात हुन थाल्यो, प्रजापरिषदले राजनीतिक वातावरणलाई तताउदै थियो, पुष्पलाल आफ्ना दाजु गंगालालले साथीहरुसंग गरेको कुराकानीबाट राजनीति तर्फ आकर्षित हुनुभयो। बि.स.१९९७ सालमा आफ्ना दाजु अमर शहिद गंगालाल श्रेष्ठलाई गोलि ठोकि मार्नु एकदिन अगाडि भद्रगोलमा जेलमा स परियार भेट्न जाँदा गंगालालले पुष्पलालालाई ‘’माईला’’ मैले प्रजातन्त्रका निमित्त बालेको दियोलाई तैले प्रज्वलित पार्नेछस,भन्नुभएको थियो र दाजुको यहि शब्द नै पुष्पलालाको निम्ति राजनीतिमा प्रबेश गर्ने प्रेरणाको स्रोत बन्यो। आफना दाजु गंगालाल सहित ४ जनालाई दिइएको मृत्युदण्डको घटनाले पुष्पलालको जीबनमा ठुलो हलचल पुग्यो र आफ्ना दाजु गंगालालको चित्ताको सामु उभियर राणाशाहिलाई समाप्त पार्न आजिवन लाग्ने प्रण गर्नुभयो।
पुष्पलाल बि.स.२००३ देखि मार्क्सवादि साहित्यको अध्ययनमा लाग्नुभएको थियो। २००४ सालमा नेपाली राष्ट्रिय काँग्रेसले नागरिक अधिकारका लागि गरेको आन्दोलनको नेतृत्व पुष्पलालले गर्नुभएको थियो। बि.स.२००५ सालमा मार्क्स एगेंल्स द्दारा लिखित कम्युनिष्ट घोषणा पत्रको नेपालीमा अनुवाद गर्नुभयो। त्यस्को भुमिकामा पुजिवादि पार्टिहरु सम्झौता प्रस्त हुनाले क्रान्तिको नेतृत्व श्रमिकवर्गले गर्नुपर्छ, प्रजातन्त्रको चरित्र चिनको जस्तो नयाँखालको हुनुपर्छ, सामन्ती एकतन्त्रिय शासनो अन्त्य गर्ने, बैदेशिक शोषण र दमन समाप्त पारी राष्ट्रियता,स्वाधिनता हासिल गर्ने, बालिग मताधिकार कायम गर्ने,संविधानको आधारमा जनताको लागि पुर्ण स्वतन्त्रता तथा प्रजातन्त्र संरक्षण गर्ने मजदुर,किसान श्रमजिवी जनताको हितलाई प्राथमिकता दिने भन्ने कुरा उल्लेख गर्नुभयो यस्तै घोषणा पत्रमा सामन्तवाद साम्राज्यवादी बिरोधि शक्तिहरुकव सरकार थापना गर्ने तथा क्रान्तिकारी भसमिसुधार लागु गर्नेसमेत समावेश थियो र २२ अप्रिल १९४९ बि.स.२००६ साल बैशाख १० गते कल्कत्ताको श्यामबजार स्थित नविन सरकार लेन घर न.३८ मा बसेको बैठकले मार्क्सवाद लेलिनवादलाई सर्बोत्तम बिचार ठानी, नेपालमा कम्युनिष्ट पार्टि मार्फत जनताको पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ पुष्पलालको नेतृत्वमा निरजञ्जन गोबिन्द वैध, नारायण विलास जोसी, नरबहादुर कर्मचार्य र मोतीदेवि सहित ५ सदसिय नेपाल कम्युनिष्ट पार्टिको केन्द्रिय संगठन कमिटी गठन गर्यो। तात्कालिन गठन भएको कम्युनिष्ट पार्टिले राणाशाहि बिरोधी आन्दोलनमा सक्रिय भुमिका निर्वाह गर्यो। बि.स.२००७ सालमा राजा,राणा र काँग्रेसको दिल्लिमा सम्झौता भई काँग्रेसले हात झिकेर राणा मन्त्रिमन्डलमा सामेल भएपछि ‘’दिल्लि सम्झौता धोका हो क्रान्ति अधुरो छ,यस्लाई पुरा गर्नुपर्छ’’ भन्ने आवहान गर्दै नेपाल कम्युनिष्ट पार्टिले पुष्पलालको अगुवाईमा जनसंघर्ष सञ्चालन गर्यो यस्को फलस्वरुप पार्टि माथी प्रतिबन्ध लाग्यो।
बि.स.२०१० सालमा पुष्पलालको साहाना प्रधान संग बिबाह भयो, राजाले संविधान सभाका लागि आलटाल गरिरहेकाबेला सम्पुर्ण राजनीतिक पार्टिहरुको संलग्नतामा बि.स.२०१४ सालमा भद्रअवज्ञा आन्दोलन भयो। राजाःले संसदको चुनाब गराउने कार्ड फ्याँके नेपाली काँग्रेस त्यस्मा सहमत भयो। यता सोहि सालमा आयोजित नेपाल कम्युनिष्ट पार्टिको दोस्रो महाधिबेसनमा पुष्पलालले पेस गर्नुभएको नयाँ जनवादि कार्यक्रम पास भयो। पार्टिको दृष्टिकोण प्रष्ट हुनेगरि आयोजना गरिएको प्रथम सम्मेलन बि.स.२००८ मा महासचिवमा चुनिनु भएका पुष्पलाल दोस्रो महाधिबेसनको नेतृत्व छनौटमा पराजय हुनुभयो। तात्कालिन कार्यनिती सम्बन्धि बिबादमा पुष्पलाल संबिधान सभाको पक्षमा हुनुहुन्थ्यो। तर बि.स.२०१५ सालमा नेपाली काँग्रेस र आफ्नै पार्टिका बहुमत नेतृत्वले राजाको संविधान स्विकार गरि चुनाबमा जाने निर्णय गरेकाले उहाँ पनि काठमाडौं बाट चुनाब लड्नुभयो र थोरै मत अन्तरले पराजित हुनुभयो।
पुष्पलालले बि.स.२०१७ साल बैशाखमा दरबारले संसदिय ब्यवस्थाकै बिरोधमा षडयन्त्र गरिरहेको र सिमित अधिकार पनि खोसिने सम्भावना भएकाले सतर्क हुन र सम्पूर्ण राजनीतिक पार्टिहरुलाई एकभइ संघर्ष गर्न अपिल गर्नुभयो। त्यस्को कसैले वास्ता गरेन,फलस्वरुप बि.स.२०१७ साल पुष १ गते राजा महेन्द्रबाट प्रतिगामी षडयन्त्र भयो।बि.स.२०१९ सालमा पार्टिको तेस्रो महाधिबेसनको आयोजना भयो र रायमझी लगाएतका दक्षिणपंथीहरुलाई पार्टिबाट निस्कासन गरि कम्युनिष्ट पार्टिलाई पुनर्गठित गरियो। सो महाधिबेसनले तसल्सिलाललाई महासचिवमा चुन्यो। तर उहाँको नेतृत्वमा पार्टि सञ्चालन हुन सकेन अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनमा रुस चिन बिबादले चर्को रुप लियो, पुष्पलालले केन्द्रिय नेतृत्वको ६ जना साथीहरुको सहयोगमा नयाँ जनवादि कार्यक्रम अगाडि सार्नु भयो। भित्रि पार्टि संघर्षको अवस्था समाप्त भई पार्टि छिन्न भिन्न भएपछि पुष्पलालको पहलमा बि.स.२०२५ सालमा तेस्रो सम्मेलन गरि पार्टि पुनर्गठित गरियो। तेस्रो सम्मेलनले पुष्पलाललाई महासचिव चुन्यो र पञ्चायती ब्यवस्थाको बिरोधमा संघर्ष केन्द्रित गर्न कार्यनिति लियो र पछि गएर पुष्पलालको केन्द्रिय नेतृत्वमा रहेका महत्वपुर्ण नेताहरुमध्य एकदेव आलेको मृत्यु भयो,केशरमणि पोख्रेल जेलमा परे, हिकमत सिंह पलायन भए, रोहित र मुक्तिमोर्चा समुहले पार्टिमा बिद्रोह गरे, तलका कार्यकर्ताहरुमा समेत बिभिन्न किसिमका भड्काउहरु देखापरे। जस्ले गर्दा पार्टि संगठन र नेतृत्व कमजोर भयो। यता पुस्पलाल मुटुको रोगले आक्रान्त भई उपचार गर्न आर्थिक अभाव रहयो र बि.स.२०३५ साल श्रावण ७ गते नयाँ दिल्लि स्थित गोबिन्दबल्लभपन्त अस्पतालमा उपचार गर्दागर्दै उहाँको निधनभयो। निरंकुश पञ्चायतले उहाँको शव नेपाल ल्याउन दिएन तर उहाँको अस्तु काठमाडौं ल्याई बिशाल जुलुसका साथ शोभा भगवतीमा बिसर्जन गरियो। उक्त कार्यक्रम हुननदिन सरकारले गरेको कडा हस्तक्षेपका बावजुद काठमाडौंमा बिशाल मानव सागर ओर्लियो,उत जनउभारले पञ्चायत ब्यवस्थाको बिरुद्दमा संयुक्त संघर्षका परिस्थिति निर्माण गर्न महत्वपसर्ण भुमिका निर्वाह गर्यो। पुष्पलालको निधनको ११ बर्ष पछि बि.स.२०४६ सालमा आएर संयुक्त जनआन्दोलनको कार्यनिति सफल भयो र निरंकुश पञ्चायती ब्यवस्थाको अन्त्य भयो। तत्पश्चात प्रजातान्त्रिक परिपाटीको शुरुआत भयो।
आज पुष्पलालको ४६औं स्मृती दिवसमा माथी उल्लेखित उहाँको जीबनीबाट उहाँ नेपाली कम्युनिष्ट आन्दोलनका श्रष्टा, नेपाल कम्युनिष्ट पार्टिका संस्थापक,नेपाली क्रान्तिका सिद्दान्तकार,प्रजातान्त्रिक र शान्तिपुर्ण संयुक्त जनआन्दोलनका सुत्रधार, संगठक र सुयोग्य बैचारिक नेताका रुपमा भविश्यसम्म आस्था र सम्मानकासाथ स्मरण गरिरहने ब्याक्ति हुनुहुन्थ्यो भन्ने बुझिन्छ । उहाँले शुरु गर्नुभएको नेपालको कम्युनिष्ट आन्दोलन अहिले जुन उचाईमा पुगेको छ यस्को ठूलो श्रय उहाँले प्रतिपादन गर्नुभएका नेपाली क्रान्तिका सिद्दान्त, कार्यक्रम,रणनिती कार्यनिति र मार्गदर्शन गर्ने अमुल्यकृतिहरुलाई जान्छ। उहाँले प्रतिपादन गर्नुभएको २२ वटा कृतिहरुलाई २ भागमा बाँडेर हेर्न सकिन्छ। पहिलो भागमा उहाँका दिर्घ कालिन महत्वका बिचारहरु पर्दछन भने दोस्रो भागमा उहाँका तात्कालिन परिस्थितिका विश्लेषणका निम्ति अगाडि सारिएका बिचारहरु पर्दछन। उहाँका दिर्घकालिन बिचारहरुमा- १) नेपाली समाजको आधारभुत चरित्रको बिश्लेषण तथा सामाजिक अन्तरबिरोधका निर्धारण।
२) नेपाली क्रान्तिका रणनिति र कार्यनितिक विज्ञानका निर्धारण।
३) नेपालको इतिहासलाई हेर्ने मार्क्सवादि दृष्टिकोण।
४) प्रमुख शत्रुका बिरुद्दको संघर्षमा सम्भव शक्तिहरुलाई गोलबन्द गरेर संयुक्त जनआन्दोलनमा जाने दृष्टिकोण पर्दछन। हामीलाई अहिले पनि यि बिचारहरुले उतिकै मार्गदर्शन गरिरहेका छन।
लेखक: नेकपा (एमाले) नवलपुरका जिल्ला कमिटी सचिव हुन ।
प्रकाशित : २०८१ साउन ७ गते २०:४८
Facebook Comment