कञ्चनपुरमा नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ । जिल्लाको दोधारा चाँदनी नगरपालिका-२ की हिरा शाहको हिजो बाघको आक्रमणबाट मृत्यु भएको थियो ।
घटनाको करिब २४ घण्टापछि उक्त बाघलाई नियन्त्रण लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक डीएसपी उमेश जोशीले जानकारी दिए।
महिलालाई आक्रमण गरेको नजिकैको स्थानबाट बाघलाई नियन्त्रणमा लिएको उनले बताए । हिजोबाटै हात्तीको प्रयोग गरेर बाघको खोजी भइरहेको थियो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज , प्रहरी र सेनाको टोलीले बाघको खोजी गरिरहेको थियो ।
आज बाघलाई नियन्त्रण लिएर शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज ल्याउँदै गरेको र त्यसपछि उक्त बाघलाई कहाँ लैजाने भन्ने विषय टुङ्गो लाग्ने प्रहरी नायव उपरीक्षक जोशीले जानकारी दिए ।
प्रकाशित : २०८१ साउन १८ गते ११:१३
Facebook Comment