पोखरा, साउन १९ । नेपाली काङ्ग्रेस केन्द्रिय सहकारी बिभागको निर्णय एव निर्देशन अनुरुप देशका ७ वटै प्रदेशमा सुरु गरिएको प्रदेश स्तरीय सहकारी सम्बन्धी बर्तमान अवस्था, समस्या चुनौती र समाधान बिषयक अन्तरक्रिया कार्यक्रम शनिबार गण्डकी प्रदेशबाट सुरु भएको छ ।
नेपाली काङ्ग्रेस गण्डकी प्रदेश सहकारी बिभागको आयोजनामा भएको कार्यक्रममा सभापति नेपाली कांग्रेस गण्डकी प्रदेश सहकारी बिभाग संयोजक सीता गुरुङले गर्नुभएको थियो । त्यस्तै कार्यक्रमको प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रिय सहकारी बिभाग प्रमुख तथा नेपाली कांग्रेस केन्द्रिय सदस्य देवेन्द्रराज कंडेल र बिशिस्ट अतिथी नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्र राज शर्मा रहनुभएको थियो ।
त्यस्तै कार्यक्रममा गण्डकी प्रदेशका ११ जिल्लाकाका नेपाली कांग्रेसका जिल्ला सभापतिहरु, विभिन्न सहकारी अभियन्ता, सहकारी अध्यक्ष पदाधिकारी एव सरोकारवाला ब्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
प्रदेश स्तरीय सहकारी सम्बन्धी बर्तमान अवस्था, समस्या चुनौती र समाधान बिषयक अन्तरक्रिया कार्यक्रम अब क्रमश लुम्बिनी प्रदेश, मधेश प्रदेश, कोशी प्रदेश, कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश र बागमती प्रदेशमा कार्यक्रम गर्ने भएको छ ।
प्रकाशित : २०८१ साउन १९ गते १८:१८
Facebook Comment