नवलपुरमा डेंगीबाट १ जनाको मृत्यु, २४ जनामा संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०८१ भदौ ४ गते २०:०९
नवलपुरमा डेंगीबाट १ जनाको मृत्यु, २४ जनामा संक्रमण

कावासोती । नवलपुरमा डेंगीबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका ७ का ६४ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । बुटवल अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

जिल्लामा अहिले सम्म २४ जनामा डंगी संक्रमण पहिचान भएको स्वास्थ्य कार्यालय नवलपुरका किटजन्य रोग फोकल पर्सन डिल्लीराम तिवारीले बताए ।

जिल्ला भित्रका स्वास्थ्य संस्थामा परीक्षण गराएका मध्ये १३ जना पुरुष र ११ जना महिलामा रोग पुष्टि भएको हो । तिवारीका अनुसार जिल्लाको हुप्सेकोटमा ८ जना, विनयी त्रिवेणीमा ७ जना,बगैँडाकोटमा ४ जना, मध्यविन्दुमा १ जना, बुलिङ्गटारमा १ जना र देवचुलीमा ३ जनामा डेंगीको संक्रमण भएको छ ।

जिल्लाका बिरामी चितवन र बुटवलका अस्पतालमा स्वास्थ्य परिक्षणका लागि जादा डेंगी रोगबाट प्रभावितको संख्या बढी हुन सक्ने आंकलन गरिएको छ । डेंगी रोगको रोकथाम र जनचेतनाको लागि स्थानीय तहले लामखुट्टेको बासस्थान नष्ट गर्ने र जनचेतना मुलक कार्यक्रम गरेपनि प्रभावकारी हुन सकेको छैन ।

 

प्रकाशित : २०८१ भदौ ४ गते २०:०९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI