नवलपुरमा भण्डारीको संयोजकत्वमा जय नेपाल फाउन्डेसन गठन

NAWALPUR TIMES
प्रकाशित : २०८१ भदौ २४ गते २२:४५
नवलपुरमा भण्डारीको संयोजकत्वमा जय नेपाल फाउन्डेसन गठन

नवलपुर । मानव अधिकार, वाक स्वतन्त्रता तथा प्रजातान्त्रिक मूल्य मान्यताको प्रवर्द्धनका लागी स्थापित जय नेपाल फाउन्डेसनको संगठन विस्तारको अभियान अन्तर्गत नवलपुरमा पनि शाखा गठन गरिएको छ ।

नवलपुरमा नरेशमणी भण्डारीको संयोजकत्वमा जिल्ला समिति गठन गरिएको हो । समितिको जिल्ला सदस्य अमर केसीले क्षेत्र नम्बर एकको संयोजकको जिम्मेवारी पाएका छन् भने जिल्ला सदस्य कृष्ण धरेललाई क्षेत्र नम्बर २ को संयोजकको जिम्मेवारी तोकिएको छन् । जिल्ला सदस्यमा नियुक्त भएका गोमा लुइँटेललाई क्षेत्र १”क” को संयोजक , क्षेत्र १”ख” को संयोजकमा संजय भट्टराई , क्षेत्र नम्बर २ “क” को संयोजक शिव खड्का र २ “ख” मा कृष्ण चौधरीलाई जिम्मेवारी दिइएको छ ।

जिल्ला सदस्यमै नियुक्त शुभ रानालाई महिला समन्वय संयोजक , कमला सुनारलाई दलित महिला समन्वय संयोजक र आदीवासी जनजाती संयोजकमा मनकुमारी थापा (मंखु) लाई तोकिएको छ ।

राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्श मूल्य र मान्यताका आधारमा न्यायपूर्ण, गतिशील र स्वतन्त्र तथा समतामूलक समाज निर्माण गर्न सक्ने जनशक्ति तयार पार्न प्रशिक्षण र तालिम सञ्चालन गर्ने उद्देश्यले फाउन्डेसनको स्थापना गरिएको हो ।

डा.यादव पण्डित अध्यक्ष रहेको जय नेपाल अन्तराष्ट्रिय फाउण्डेसनको गठन निर्माण प्रक्रियासंगै विभिन्न रचनात्मक छलफल र बहस संचालनमा क्रियाशील रहेने अध्यक्ष पण्डितले बताए ।

नेपाल सहित विभिन्न देशमा फाउण्डेसनको गठन प्रकृया तिब्र पारिएको छ । गण्डकी प्रदेशमा सुदिप मोहन भट्टराईको संयोजकत्वमा समिति बनेपछि प्रदेशका सबै जिल्लामा समिति बिस्तार गरिएको हो ।
जय नेपाल फाउण्डेसनले सातै प्रदेशमा आफ्नो संरचना विस्तार गरेको छ । त्यस्तै ७७ वटै जिल्लामा समेत छिट्टै संरचना विस्तार गर्न लागिएको फाउण्डेसनका केन्द्रीय प्रवक्ता लालप्रसाद काफ्लेले बताए । फाउण्डेसनका नेपालका अध्यक्ष बद्री अर्याल हुन् ।

प्रकाशित : २०८१ भदौ २४ गते २२:४५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI