कावासोती । हुप्सेकोटको गिरुबारीमा जारी ३८ औं युनाईटेड गोल्ड कपको मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा एभरेस्ट युवा क्लब, चितवन विजयी भएको छ । यो सँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
दुम्किबास युवा क्लबलाई ४-० गोलको फराकिलो अन्तरले हराउँदै एभरेस्ट युवा क्लब, चितवनले सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।
भाद्र १४ गते देखि सुरु भएको प्रतियोगितामा भोलि देखि सेमिफाइनल चरणका खेलहरु सुरु हुने छ्न ।
भोली हुने पहिलो सेमिफाइनलमा भेडाबारी युवा क्लब भेडाबारी र रामपुर रडस बिच प्रतिस्पर्धा हुने छ भने बिहिबार हुने दोस्रो सेमिफाइनलमा वातासिनो कावासोती र एभरेस्ट युवा क्लब भिडने छ्न ।
प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन भने दोश्रो हुने टिमले १ लाख ५० हजार नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । सेमिफाईनलमा पुगेर बाहिरिने दुई टिमले नगद २० हजार रुपैयाँ हात पार्नेछन ।
उत्कृष्ट खेलाडि, सर्वाधिक गोलकर्ता, उत्कृष्ट किपर र अनुशासित टिमलाई समेत नगद ८ हजार सहित पुरस्कृत गरिने आयोजकले बताएको छ ।
युनाईटेड युवा क्लबको आयोजनामा भाद्र १४ गते देखि सुरु भएको खेल सरस्वती मा.बि. गिरुवारीको खेल मैदानमा भाद्र २९ गते सम्म संचालन हुनेछ ।
।
प्रकाशित : २०८१ भदौ २५ गते १९:२५
Facebook Comment