दाउन्नेमा डाइभर्सन बनाइँदै, एकतर्फी सडक खुलाउने तयारी

NAWALPUR TIMES
प्रकाशित : २०८१ असोज १५ गते ८:४४
दाउन्नेमा  डाइभर्सन बनाइँदै, एकतर्फी सडक खुलाउने तयारी

कावासोती । पूर्व-पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएको स्थानमा गए रातिदेखि डाइभर्सन निर्माणको काम सुरु भएको छ । बर्दघाट नगरपालिका-४ खुर्सानीखोलानजिकै सोमबार सडक भासिएको थियो। जसका कारण पूर्व-पश्चिम राजमार्गमा यातायात अवरुद्ध भएको हो ।

सोमबार राति ११ बजेदेखि डाइभर्सन निर्माणको काम सुरु भएको र आज दिउँसोसम्ममा एकतर्फी भए पनि यातायात सञ्चालन गराउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

अलपत्र परेका सवारीलाई पूर्वतर्फ दुम्कीबास र पश्चिमतर्फ बर्दघाटमा रोकिएको छ । सडक खुलाउनका लागि प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, सुरक्षा निकायका प्रमुख र सडक विभागको टोली नै खटिएको छ ।

प्रकाशित : २०८१ असोज १५ गते ८:४४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI