कावासोती । सोमबार दिउँसो सडक भासिएपछि अवरुद्ध बनेको पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडक दुईतर्फी सञ्चालनमा आएको छ । बर्दघाट–४ खुर्सानीखोलामा सोमबार दिउँसो सडक भासिएपछि डाइभर्सनमार्फत सडक सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
रातभर डाइभर्सन बनाइएर यातायात सञ्चालन गरिएको हो । बिहान ९ बजे एकतर्फी सञ्चालनमा आएको सडक केही केहीबेर अगाडिदेखि दुईतर्फी सञ्चालनमा आएको हो ।सडक खुलेपछि हिजोदेखि अलपत्र परेका सवारी गन्तव्यतर्फ लागेका छ्न् ।
यसै बिच सडक दुईतर्फी सञ्चालनमा आएको भए पनि थप मर्मतका लागी भन्दै आज रताी १०बजे देखि बिहान ५ बजे सम्म राजमार्ग बन्द हुने जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सडक मर्मत गरेर सहज रुपमा यातायात सन्चालनमा ल्याउनका लागी रातीको समयमा सडक बन्द गरेर सडक मर्मत गरिने जानकारी दिएकी हुन ।
प्रकाशित : २०८१ असोज १५ गते १२:३२
Facebook Comment