मकवानपुरमा पहिरोमा स्कारपियो र मोटरसाइकल पुरिए, एकको मृत्यु

NAWALPUR TIMES

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ मा सवारीसाधन पहिरोले पुरिँदा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।

काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको बा.१७च ४८७४ नम्बरको स्कारपियो जिप र बा.९७प  ४८५१ नम्बरको मोटरसाइकललाई पहिरोले पुरेको हो । पहिरोले पुरिँदा जिपमा सवार चालकछेवैको सिटमा बसेका एकजना पुरुषको मृत्यु भएको हो ।मृतकको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।  मोटरसाइकलमा सवार दुईजना भने घाइते भएकाले उनीहरुलाई उपचारको लागि काठमाडौं ल्याइएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology