कोरोनाबाट २० वर्षीय युवकसहित १० जनाको मृत्यु

NAWALPUR TIMES

कोरोनाबाट २० वर्षीय युवकसहित १० जनाको मृत्यु
1601117251.corona death covid death

काठमाडौं। कोरोना भाइरसबाट नेपालमा मृत्यु हुनेको संख्या ४७७ पुगेको छ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार हिजोको तुलनामा गत २४ घण्टामा कोरोना कै कारण ज्यान गुमाउनेको संख्या बढेको छ।

 

नेपालमा हिजो ८ जनाको मृत्यु भएको थियो। तर, आज त्यो संख्या १० जनामा पुगेको छ।

 

गत २४ घण्टामा १ जना महिला र ९ जना पुरुषको मृत्यु भएको छ। यसरी मृत्यु हुनेमा बाराका २०, ललितपुरका ४२ र ७७, काठमाडौंका ६१ र ६२, रुपन्देहीका ७२, बर्दियाका ६३ र ५० तथा अछामका ३४० वर्षीय पुरुष छन्।

 

त्यस्तै काठमाडौं‌की ५० वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।

 

अहिले देशभर २२५ जना आईसीयू तथा ३३ जना  भेन्टिलेटरमा उपचाररत छन्।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology