“देवचुली, देवचुली हाम्रो देवचुली”को म्युजिक भिडियो सार्वजनिक ( भिडियो सहित)

NAWALPUR TIMES

“देवचुली, देवचुली हाम्रो देवचुली”को म्युजिक भिडियो सार्वजनिक ( भिडियो सहित)
IMG 20201002 184357

कावासोती । डा. मित्र पाठकको निर्देशन एवं डा. मित्र पाठक र तेजस पाण्डेको लेखन रहेको “देवचुली , देवचुली हाम्रो देवचुली”बोलको गित को म्युजिक भिडियो शुक्रवार सार्वजनिक गरिएको छ ।

विशाल ढकालको संगित तथा तेजस पान्डे र दुर्गा सिन्जालीको स्वर रहेको म्युजिक भिडियो हाईलाईटस नेपालको युवटयुब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

महाभारत पर्वत श्रङखलामा रहेको नवलपुरको अग्लो पहाड देवचुली र वरचुली सहित जिल्लाका पर्यटकीय क्षेत्रहरुलाई समावेश गरेर बनाईएको गितले नवलपुरको पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने म्युजिक भिडियोका निर्देशक एवं सर्जक पाठकले बताए ।

हेर्नुहोस भिडियो

 

 

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology