बुटवलमा मुख्यमन्त्री शंकर पोखरेलको गाडी तोडफोड, १२ जना पक्राउ

NAWALPUR TIMES

बुटवलमा मुख्यमन्त्री शंकर पोखरेलको गाडी तोडफोड,  १२ जना पक्राउ
1601820988312

बुटवल : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा ढुंगा प्रहार भएको छ। आइतबार साँझ काठमाडौंबाट हवाईमार्ग हुँदै फर्किएका मुख्यमन्त्री पोखरेल भैरहवा एअरपोर्टबाट आउँदै गर्दा बुटवलको राजमार्ग चौराहमा कांग्रेस कार्यक्रताले ढुंगा प्रहार गरेका हुन्।

मुख्यमन्त्री सवार गाडीलाई लक्षित गरि ढुंगा प्रहार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खडगबहादुर खत्रीले पुष्टि गरे। ढुंगामुढा गर्दा स्कर्टिङसहितको गाडीको सिसा फुटेको छ। ढुंगामुढा प्रहार भएलगत्तै प्रहरीले हवाई फायर समेत गरेको प्रत्यक्षदर्शीले बताएका छन्।

प्रहरीले ढुंगामुढा गर्ने करिब १२ जनालाई पक्राउ गरेको छ। प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी प्रस्ताव गरेलगत्तै नेपाली कांग्रेससहित यस क्षेत्रका संघसंस्था आन्दोलित छन्। मुख्यमन्त्री पोखरेलको गृहजिल्ला पनि दाङ नै हो। कांग्रेससहितको सञ्जालले आइतवार रुपन्देही बन्दको आहवान समेत गरेको थियो।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology