विश्वकै अन्तिम सडक, जहाँ एक्लै गए हराउने सम्भावना

NAWALPUR TIMES

विश्वकै अन्तिम सडक, जहाँ एक्लै गए हराउने सम्भावना
1601850160132

उत्तरी ध्रुवको बारेमा त सबैलाई थाहा नै छ। धरतीको सबैभन्दा सुदूर उत्तरी बिन्दु हो। यस धुरीमा हाम्रो पृथ्वी घुम्छ। जहाँ पुग्न चन्द्रमामा पुग्नु जत्त्तिकै कठिन छ।

आर्कटिक महासागरमा स्थित उक्त स्थानमा सधै बरफ बाक्लो रुपमा जम्ने गर्छ। यो नर्वेको अन्तिम भाग हो। उक्त स्थानलाई विश्वकै अन्तिम सडक भनेर चिनिने गर्छ।

पृथ्वीको भाग र नर्वेको सडक जोड्ने सडकलाई इ–६९ नामले चिनिन्छ। किनभने यो भन्दा अगाडी कुनै सडक नै छैन। इ–६९ लगभग १४ किलोमिटर लामो एक हाइवे हो। यस सडकमा एक्लै हिँड्न रोक लगाइएको छ। सधैं धेरै जना भएर भेट्न सल्लाह दिन्छन्। यदि कसैले एक्लै यात्रा गरेमा हराउने सम्भावना हुन्छ। धेरै चिसो स्थान भएकोले माछाको व्यवसाय गरेर त्यहाँका मानिसहरुले जीवनयापन गरीरहेका हुन्छन्।

त्यहाँका मानिसहरु अन्य शहरमा जान मन पराउँदैनन्।

त्यहाँ पुग्ने जो कोहिले पनि आफू दोस्रो विश्वको महसुस गर्छन्। त्यहाँ मध्यरातमा पोलर लाइटको दृश्य देखेर मानिसहरु स्तब्ध हुने गर्छन्। उत्तरी ध्रुव नजिक हुनाले त्यहाँ चिसोमा रात सकिदैन र गर्मीमा सुर्य अस्ताउदैन।एजेन्सी

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology