भारतबाट आएकाहरूमा कोरोना संक्रमण पुष्टि, नेपालमा गम्भीर लापरवाही

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत ९ गते ८:२५
भारतबाट आएकाहरूमा कोरोना संक्रमण पुष्टि, नेपालमा गम्भीर लापरवाही

काठमाडौँ, ९ चैत  । छिमेकी मुलुक भारतमा दोस्रो चरणको संक्रमण फैलिएपछि नेपालमा पनि जोखिम बढेको सरोकारवालाहरूले औँल्याएका छन् । आइतबार भारतबाट नेपाल आएका व्यक्तिमा कोरोनासंक्रमण पुष्टि भएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखा प्रमुख डा. कृष्ण पौडेलका अनुसार पश्चिम नाकाबाट नेपाल प्रवेश गरेका एक नेपालीमा एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

भारतमा कोरोना संक्रमण दर बढे पनि नेपालले खासै तयारी नगरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीको भनाइ छ । जोखिम रोक्न सीमानाकामा अपनाउनुपर्ने प्रभावकारी संयन्त्र र मुलुकभित्रै अपनाउनुपर्ने जनस्वास्थ्य मापदण्डमा लापरवाही भइरहेको देखिएको उनले बताए ।

‘बसभित्र मास्कको प्रयोग भएको देखिँदैन, सडकमा पनि मानिस खुलेआम हिँडेको देखिन्छ,’ उनले चिन्ता प्रकट गरे, ‘अन्तर्राष्ट्रिय विमानस्थलमा समेत लापरवाही छ । जोखिममा रहेका देशबाट आएका पर्यटकलाई समेत होटल क्वारेन्टिनमा नराखी सीधै समुदायमा जान दिएको पाइएको छ ।’

भारतमा दोस्रो चरणको कोरोना फैलिएको र कतिपय राज्यमा लकडाउनसमेत भइसकेको छ । त्यहाँ कार्यरत नेपाली घर आउँदा संक्रमणको जोखिम बढ्न सक्ने देखिएको छ । याे खबर आजको नागरिक दैनिकमा छ ।

प्रकाशित : २०७७ चैत ९ गते ८:२५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI