पृथ्वीसुब्बा गुरुङ : जस्ले बजेटमै नभएको ४ अर्ब ५१ करोडको १० आयोजना ठेक्कामा लगाए

NAWALPUR TIMES

पृथ्वीसुब्बा गुरुङ : जस्ले बजेटमै नभएको ४ अर्ब ५१ करोडको १० आयोजना ठेक्कामा लगाए
Prithivi subba gurung

काठमाडौं । गण्डकीका प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफू सरकारबाट हट्नुअघि बजेटमै समावेश नभएको ४ अर्ब ५१ करोड रुपैयाँको १० आयोजना ठेक्कामा लगाएको खुलासा भएको छ । मंगलबार सामाजिक विकास मन्त्री एवं सरकारका प्रवक्ता कुमार खड्काले अघिल्लो सरकारले बजेटमै नभएको ४ अर्ब ५१ करोड रुपैया बराबरको १० आयोजना ठेक्का लगाएको खुलासा गरेका हुन्।

प्रवक्त खड्काले भने, ‘यो ठेक्का खोल्ने हो भने प्रदेशमा बजेट हुँदैन, रातो किताबभन्दा बाहिरका योजनामा यसरी बजेट राखेर ठेक्का लगाइएछ।’ उनका अनुसार ती १० वटा आयोजनाहरु विभिन्न जिल्लाका वितरण गरिएका छन्।

प्रवक्ता खड्काले ठेक्का लगाएका उक्त आयोजनाको योजना विवरण प्रस्ताव स्वीकृत नभएको बताएका छन् । उनका अनुसार केही योजना भने आर्थिक प्रस्ताव स्वीकृतिका लागि पेश भएका रहेछन् ।

साथै, अब उक्त गैरकानुनी आयोजना अघि नबढ्ने पनिप प्रवक्ता खड्काले बताएका छन् । उनका अनुसार अब अब कसैले बजेट दुरूपयोग गर्ने अवस्था छैन ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology