गैंडाकोटका कृष्णको जिवन बचाउन सहयोगको याचना

NAWALPUR TIMES

गैंडाकोटका कृष्णको जिवन बचाउन सहयोगको याचना
received 590011993001453

गैंडाकोट फागुन २९ । गैंडाकोटका एक बिरामीलाई आर्थिक समस्याका कारण उपचारमा समस्या परेको छ । आफन्तजन तथा उनका छर-छिमेकीले समेत सबैसंग सहयोगको याचना  गरेका छन । गैंडाकोट ५ बैकुण्ठ मार्ग टोलमा बसोवास गर्ने वर्ष ३२ का कृष्ण कुँवर लाई एकमहिना अघि भरतपुरमा रहेको बिपि कोइराला मेमोरियल अस्पतालले रक्त क्यान्सर भएको जानकारी दिए सङ्गै परिवारले थप उपचारका लागि राजिब गान्धी अस्पताल भारतमा भर्ना गराएका छन ।

क्यान्सरबाट पीडित गैंडाकोट ५ निवासी वर्ष ३२ का कृष्ण कुँवरले आफ्नो बुवाआमा सानैमा गुमाए, अहिले उनी संग सात वर्ष कतारमा काम गरी कमाएको सानो घर र घरभरीको जग्गा बाहेक केही छैन, त्यो पनि उपचारका क्रममा नजिकैको सहकारी बाट समेत ऋण लिएका उनलाई बचाउन यतिबेला कृष्णका दाजुभाइले आग्रह गरेका छन ।

पीडित कृष्ण कुँवरलाइ बचाउन बैकुण्ठटोल बिकास संस्था र सुनौलो महिला समुहले आफ्नै टोल र समूह भित्रबाट आर्थिक सहयोग जम्मा गर्दै दुई लाख बीस हजार कृष्ण बचाउन भन्दै उनका दाजु सन्तोषलाई नगद सहयोग गरेका छन  ।

साथै टोलवासीले कृष्णको उपचारका लागि देश-बिदेशमा भएका सम्पुर्ण लाई आर्थिक सहयोग गरिदिन आग्रह गरेका छन ।  एभरेस्ट बैंकको खाता नम्बर ०२५००५०१२०८२२६ मा सहयोग गर्न उनको परिवारले अपिल गरेका छन ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology