गर्मी अत्याधिक बढेपछि कावासोतीका विद्यालयहरु बन्द

NAWALPUR TIMES

गर्मी अत्याधिक बढेपछि कावासोतीका विद्यालयहरु बन्द
received 274861915038981

१८ जेठ, नवलपुर ।
केही दिनदेखि अत्याधिक गर्मी बढेपछि नवलपुरका विद्यालयहरु बन्द भएका छन् । जिल्लाको कावासोती नगरपालिका भित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द गराइएको कावासोती नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । शिक्षा शाखाले विहिबार एक सुचना जारी गर्दै गर्मी बढ्दै जाँदा विद्यालयमा पठनपाठन कार्य सकसपूर्ण भएकाले मिनपचास विदामा समायोजन हुने गरी जेठ १९ देखि २२ गते सम्म नगरभित्रका सबै विद्यालय विदा गर्न नगरस्तरीय निर्णय भएकाले सोही अनुसार उक्त सुचना जारी गरेको छ ।

यस्तै नगरपालिकाले पूर्व सूचित कक्षा ११ को आन्तरीक क्रियाकलाप तथा तालिम यथावत रुपमा नै सञ्चालन हुने जनाएको छ । कक्षा ११ को परीक्षा समयतालिका सरेको छ । विहान ७ बजेबाट परीक्षा सञ्चालन हुनेगरी परिवर्तन गराएको छ । यसैविचमा देशका तराई क्षेत्रमा अत्याधिक गर्मी बढ्न थालेपछि उक्त क्षेत्रका विद्यालयहरु पनि बन्द गराएको विभिन्न नगर तथा उपनगरले जानकारी गराएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology