सिद्धेश्वर राधाकृष्ण मन्दिरको महायज्ञमा छैटौं दिन सम्म १ करोड ५ लाख संकलन

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ १८ गते १९:३२
सिद्धेश्वर राधाकृष्ण मन्दिरको महायज्ञमा छैटौं दिन सम्म १ करोड ५ लाख संकलन

बिरेन्द्र पराजुली/कावासोती
सिद्धेश्वर राधाकृष्ण मन्दिर कावासोती–८ मा श्रीमद्भागवत् सप्ताह तथा १०८ शिव लिङ्ग महोत्सवमा शनिबार छैटौं दिन सम्म एक करोड ५ लाख संकलन भएको छ । गत १३ गते सोमबार देखि संचालनमा आएको महायज्ञमा भक्तजनहरुको दान गर्नको लागी हान थाप रहेको छ । कावासोती८ निवासी विश्व गैरे र कावासोति ९ निवासी टंक प्रसाद लुईटेलले २ लाख ५१ हजार दान गरेपछि स्थानियहरु हौसिएका छन् । कावासोती ८ को यो क्षेत्रलाइ धार्मिक क्षेत्र गराउने उद्धेश्य स्थानियको छ। कावासोती ८ मा संचालनमा रहेको यज्ञ को गत सोमबार मुक्तिनाथ पिठाधिस १००८ स्वामी कमलनयन आचार्यले उद्घाटन गर्नु भएको थियो ।

यज्ञको छैटौं दिन देवघाटका पिठाधिस १००८ ज्ञानानन्द स्वामीजी को प्रमुख आथिथ्यतामा समपन्न छैटौं दिनमा मात्र करिव तीस लाख सहयोग संकलन भएको यज्ञ आयोजक समितिका सहसंयोजक कपिल देव भूसालले बताउनु भयो । दाताहरुलाई घरमै गएर फुलमाला सहित यज्ञ स्थलमा ल्याई पुर्‍याउने व्यवस्था आयोजकले गरेको छ । १९ गते सम्म सञ्चालन हुने यज्ञको प्रमुख वाचकको रुपमा सूर्यपाकी स्वामी श्री केशव आचार्य जी रहनुभएको छ । मन्दिलाई थप व्यवस्थित गराउन यज्ञको आयोजना गरिएको हो । यज्ञलाई स्थानिय केन्द्र र प्रदेशका जनप्रतिनिधिहरुको पनि सहयोग रहेको छ । यज्ञमा सहयोग जुट्ने क्रम जारी रहेकोले अन्तिम दिन सम्म भक्तजनहरु सहयोगको लागि आउने आयोजकले जनाएको छ।

प्रकाशित : २०७६ माघ १८ गते १९:३२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI