No ads found for this position

लकडाउनले महेन्द्र राजमार्गको गैँडाकोट सडकखण्ड सुनसान

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत ११ गते ९:३७
No ads found for this position
लकडाउनले महेन्द्र राजमार्गको गैँडाकोट सडकखण्ड सुनसान
No ads found for this position

प्रकाश भण्डारी, चैत ११ गैँडाकोट नवलपुर

सरकारले गरेको एक हप्ता लामो लकडाउनलाई कडाइका साथ लागू गर्न ईलाका प्रहरी कार्यालय गैँडाकोटले सुरक्षाकर्मी परिचालन गरेको छ।
पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका भित्र रहेका सबैजसो बजारका चोक तथा भित्री सडकहरुमा बिहानैदेखि प्रहरी परिचालन गर्दै माईकिङ्ग गरेको गैँडाकोट ईलाका प्रहरी कार्यालयका प्रमुख चन्द्र थापाले बताउनुभयो।
सडकमा मानिसहरुको आवतजावतलाई कम भन्दा कम गराउने उद्देश्यले प्रहरी कार्यालयले ठाउँ ठाउँमा प्रहरीको तैनाथीलाई बाक्लो बनाएको हो।
बिहान ६ बजेदेखि नै लकडाउन सुरु भइसकेको अवस्थामा सडकमा निस्किएका सर्वसाधरण तथा सवारीसाधनलाई सुरक्षाकर्मीले रोक्दै घर फर्काइरहेको थापाले बताए। लकडाउन सुरु भएपछि गैँडाकोट नवलपुरको सडक करिब सुनसान जस्तै छ। सुरक्षाकर्मीहरुले महेन्द्र राजमार्ग अन्तर्गत पर्ने नारायणी  पुलबाट गैँडाकोट प्रवेश गर्ने तथा गैँडाकोट बाट पुर्व तर्फ लाग्ने सवारीसाधनलाई कडाइ गरेको छ।
अहिले सडकमा न्यून मात्रामा सवारीसाधन चलेका छन्। जहाँ एम्बुलेन्स तथा बिरामी बोकेका निजी सवारीसाधन बाहेक अन्यलाई सडकमा निस्किन रोक लगाईएको छ।
सडकमा निस्किएका मानिसहरुलाई कडाइका साथ सोधखोज र चेकजाँच गरिरहेको थापाले जनाए।
बिहान भर गैँडाकोटमा माईकिङ गरी भर्खर कार्यालय आएको प्रहरीको  टोलीलाई अब पुन महेन्द्र राजमार्ग तथा भित्री सडक, चोक हरुमा माईकिङ गर्न पठाउने तयारी गरेको छ।सर्वसाधारणलाई सडकमा निस्किन तथा सवारीसाधन चलाउन रोक लगाउने र अटेर गर्नेलाई कारबाही गरिने थापाले नवलपुर टाईम्सलाई जानकारी गराए।

प्रकाशित : २०७६ चैत ११ गते ९:३७
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI