कोरोना संक्रमणबाट बेलायतमा ज्यान गुमाउने नेपालीको संख्या ६३

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ३ गते १२:२८
कोरोना संक्रमणबाट बेलायतमा ज्यान गुमाउने नेपालीको संख्या ६३

कोरोनाबाट बेलायतमा ज्यान गुमाउने नेपालीको सङ्ख्या ६३ पुगेको छ ।

लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले शुक्रबार यो जानकारी दिनुभएको हो । हालसम्म मृत्य हुनेमा ५२ पुरुष र ११ महिला रहेका छन् ।

दूतावासको पहलमा गठन गरिएको सूचना सङ्कलन सहयोग समितिमार्फत दिएको जानकारीअनुसार हालसम्म मृत्यु हुने भूपू गोरखा सैनिकको सङ्ख्या ५२ र गैरसैनिकको सङ्ख्या ११ छ ।

गत सोमबार दूतावासले कोरोनाबाट निधन हुनेको सङ्ख्या ६३ पुगेको बताएको थियो ।

प्रकाशित : २०७७ जेठ ३ गते १२:२८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI