नवलपुर । देवचुली नगरपालिका वडा नं २ माईत भएकी कोरोना संक्रमित महिलाको सम्पर्कमा आएका १२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
वैशाख १९ गते रुपन्देही बाट नवलपुरको देवचुली २ माईत आएकी महिलाको काठमाडौमा स्वास्थ्य परिक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको पछि देवचुली नगरपालिकाको ५ वटा वडा शिल गरि परिक्षण सुरु गरिएको थियो ।
बुधबार संक्रमितको सम्पर्कमा आएका उनकी आमा, बहिनी र अन्य स्थानीय सहित १२ जनाको भरपुर स्थित प्रयोगशालामा परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो । संक्रमित महिला वैशाख १९ गते रुपन्देही बाट आएर वैशाख २९ गते काठमाडौ गएकी थिईन । उनको काठमाडौं, सतुंगलस्थित एपीएफ अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।
देवचुलीको १२ सँगै आज भरतपुरमा गरिएको ८० वटा परिक्षणमा ७९ जनाको नेगेटिभ र १ जना कोरोना संक्रमितको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएको भरतपुर अस्पतालले जनाएको छ ।
प्रकाशित : २०७७ जेठ ७ गते २१:३०
No ads found for this position
Facebook Comment