पश्चिम नवलपरासीको सीमा नाकामा हवाई फायर

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २६ गते ७:४६
पश्चिम नवलपरासीको सीमा नाकामा हवाई फायर
shot from a handgun with fire and smoke

भारतबाट मल ल्याएको विषयमा विवाद हुँदा पश्चिम नवलपरासीको सीमावर्ती नाका बसैयामा सशस्त्र प्रहरीले गोली चलाएको छ । प्रतापपुर गाउँपालिका अन्तर्गत पर्ने उक्त नाकाबाट दुई  महिलाले टाउकोमा राखेर मल ल्याउँदै गरेका थिए । 

लकडाउनको समयमा भारतबाट सामान ल्याउन नपाइने भन्दै सीमामा खटिएका सशस्त्र प्रहरीले रोकेपछि विवाद भएको थियो । सो क्रममा सशस्त्र प्रहरीले महिलामाथि कुटपिट गरेपछि सोधपुछका लागि गएका गाउँलेलाई समेत कुटपिट गरेको स्थानीयले बताएका छन् । दोहोरो झडपमा केही स्थानीय घाइते भएका छन् । 

उक्त सीमा नाकामा सशस्त्रको अस्थायी पोष्ट छ । मल ल्याउने विषयमा विवाद हुँदा जम्मा भएका स्थानीयले एक्कासी सुरक्षामा खटिएको टोली र पोष्टमाथि आक्रमण गरेपछि  सुरक्षाका लागि चार राउन्ड हवाई फायर गरेको सशस्त्र प्रहरी बल नेपाल २६ नं गण हेड क्वाटर नवलपरासीका उपरीक्षक भरत खनियाले बताए । 

अहिले त्यस क्षेत्रको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । जिल्लामा सहजरूपमा मल नपाएको भन्दै किसानहरूले भारतबाट मल ल्याउने गरेका छन् ।

प्रकाशित : २०७७ जेठ २६ गते ७:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI