यसरी निकालिने छ एक महिना भित्र एसईईको नतिजा

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २९ गते २१:३८
यसरी निकालिने छ एक महिना भित्र एसईईको नतिजा

काठमाडौं । विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता एक महिनामा प्रकाशन हुने भएको छ । कोरोना संक्रमणको जोखिमका कारण परीक्षा सञ्चालन गर्न नसकिने भएपछि सरकारले विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गर्ने भएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले एक महिनाभित्रमा सबै काम सम्पन्न गरी नतिजा प्रकाशन गरिने बताए । विद्यालयले जिल्ला शिक्षा विकास तथा समन्वय इकाइमा आन्तरिक मूल्याङनको विवरण पठाउनुपर्ने छ । इकाइले राष्ट्रिय परीक्षा बोर्डमा विद्यालयहरुले पठाएको विवरण पेश गरेपछि कार्यविधि अनुसार नतिजा प्रकाशन गर्ने छ । 

विद्यालय शिक्षाको जिम्मेवारी स्थानीय तह र एसईई सञ्चालनको जिम्मा प्रदेश सरकारलाई छ । यद्यपी महामारीको समयमा व्यवहारिकता लाई ध्यान दिँदै बोर्डले आवश्यक कार्यविधि बनाएर परीक्षाफल प्रकाशन गर्ने उनले बताए । 


अहिले तीन हजार भन्दा बढी विद्यालयहरु क्वारेन्टिनका रुपमा प्रयोग भएको र संक्रमण को जोखिम आगामी २ महिना बढ्न सक्ने आँकलन भइरहेका बेला सरकारले एसईई परीक्षाको सवालमा यस्तो निर्णय गरेको मन्त्री पोखरेलले बताए । 

मन्त्री पोखरेलले खरिदार, नेपाल प्रहरी, नेपाली सेना, उच्च शिक्षा अध्ययनको आधार एसईई भएकाले राष्ट्रिय परीक्षा बोर्डबाट नै प्रमाणिकरण भएर नतिजा प्रकाशन हुने बताए । 

प्रकाशित : २०७७ जेठ २९ गते २१:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI