बजेट ल्याउनु अघि कावासोती काँग्रेसको नगरपालिकालाई लिखित सुझाव (पुर्ण पाठ सहित )

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २ गते २२:१४
बजेट ल्याउनु अघि कावासोती काँग्रेसको नगरपालिकालाई लिखित सुझाव (पुर्ण पाठ सहित )

कावासोती : नेपाली काँग्रेस कावासोती नगर समितिले नगरपालिकाको बजेट र निति तथा कार्यक्रम आउनु पुर्व मंगलबार नगरपालिका लाई लिखित सुझाव बुझाएको छ।

काँग्रेस नगर सभापति मुकुन्द भट्टराई र नेपाली काँग्रेसको तर्फबाट गत स्थानीय निर्वाचनमा मेयर पदका उम्मेदवार समेत रहेका काँग्रेस नेता महेन्द्र प्रसाद पोखरेलले संयुक्त रुपमा हस्ताक्षर गरि बुझाएको सुझावमा नगरपालिकाले जनताका चाहाना र , आवश्यकता र अपेक्षालाइ केन्द्रमा राखेर बजेट तर्जुमा गर्न र निति तथा कार्यक्रम हरु ल्याउन भनिएको छ ।

काँग्रेसले बिषेष गरि ४ वटा शिर्षकमा केन्द्रीत रहेर सुझाव पेश गरेको छ । आर्थिक विकास , पुर्वाधार विकास , सामाजिक विकास र सस्थागत विकास गरि ४ वटा शिर्षकमा ७ पृष्ठ लामो सुझाव काँग्रेसले मंगलबार नगरप्रमुख चन्द्राकुमारी पुन समक्ष प्रस्तुत गरेको हो ।

सो अबसरमा उपप्रमुख प्रेमशंकर मर्दनीया र प्रमुख कार्यकारी अधिकृत किर्तनराज पौडेलको उपस्थिति थियो । काग्रेसको तर्फबाट नगरसभापति मुकुन्द भट्टराई सहित काँग्रेसका नेता कार्यकर्ता नगरपालिका पुगेका थिए ।

आर्थिक विकास अन्तर्गत बिभिन्न ११ बुँदामा सुझाव दिईएको छ । त्यसमा कोभिड १९ को महामारीबाट स्वदेश फर्किएकाहरु लाई प्रत्यक्ष रोजगारी सिर्जना गर्न , बेरोजगार समस्यालाई समाधान गर्नका लागि सिपमुलक कायृक्रमहरु संचालन गर्न , कृषकहरुका लागि मल विउविजन लगायत उपलब्ध गराई उत्पादन बढाउन र उत्पादनको बजारकिरण गर्न सुझाव पेश गरिएको छ ।

यस्तैे एक घर एक करेसावारी र पकेट क्षेत्रमा तरकारी बारी कार्यक्रम संचालन गर्न तथा “ब्यवसायिक किसानलाई नगरपालिकाको सम्मान – सवै किसानलाई उत्पादन परिमाण को आधारमा अनुदान” कार्यक्रम संचालन गर्न सुझाव दिईएको छ ।

यस्तै एक गाउँ एक उत्पादन कार्यक्रम संचालन गरि आवश्यक बजेट विनियोजन गर्न समेत सुझाव दिईएको छ । काँग्रेसले मानव र वन्यजन्तु बिचको द्धन्द व्यवस्थापन गर्नका लागि भएका कामहरुमा प्रश्न उठेकाले त्यसको पारदर्शीता लागि समेत माग गरेको छ । त्यसका लागि पारदर्शी तव।रले योजना बनाइृ कार्यान्न्वयन गर्न काँग्रेसको सुझाव छ ।

“हामीले अध्ययन गरेर , जन अपेक्षा अनुरुपका सुझावहरु नगरपालिकालाइ दिएका छौं , त्याहाँ कुनै राजनितिक पुर्वाग्रह छैन ।” नेपाली काँगेसका नेता तथा तत्कालिन नगर वकास समितका पुर्व अध्यक्ष सुरज गुरुङ्गले भने । उनले काँग्रेसले दिएको सुझाव कार्यान्न्वयनमा ल्याउँदा नगरपालिकाकै साख उँचो हुने बताए । उनले भने,“हामीले बिभिन्न माध्ययमबाट जनता संग अन्तरक्रिया गरेका छौं , जनस्तरबाट आएका कुराअहरुलाई नै हामीले सुझावको रुपमा नगरपालिकामा पेश गरेका हौं । ” उनले भने ।

गुरुङ्गले मंगलबार बुझाएको सुझाव तयार पार्न महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए । उनि लगायत ७ जनालाई कावासोती काँग्रेसले जनताका समस्या सुझावहरु संकलन गरेर नगरपालिका संग समन्न्वय गर्न तथा नगरपालिकाका कामका बारेमा यथार्थ कुरा बाहिर ल्याउन जिम्मा दिएको छ ।

काग्रेसले बनाएको सो समितिमा गुरुङ्ग सहित कपिलदेब भुषाल , बिष्णुदेबी पाण्डे , झपेन्द्रश्वर भुषाल , शालिकराम ढकाल , कोषराज कार्की र भविलाल भट्टराई छन् ।


प्रकाशित : २०७७ असार २ गते २२:१४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI