विभिन्न बहानामा शुल्क नलिन र भर्ना रोक्न माग गर्दै नेविसंघ विनयी त्रिवेणिले बुझायो ज्ञापनपत्र

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार १६ गते १४:४९

कावासोति । जिल्ला भित्रका केहि विद्यालय ले विभिन्न बहानामा विद्यार्थी र अभिभावक सँग शुल्क लिएको प्रती गम्भीर ध्यानाकर्षण भएको जनाउदै नेविसंघ पालिका समन्वय समिति विनयी त्रिवेणिले मगंलबार गाउँपालिका अध्यक्ष लाई ज्ञापनपत्र बुझाएको छ ।

नेविसंघ पालिका समन्वय समिति विनयी त्रिवेणि गाँउपालिकाका संयोजक मुकेश कलावरको नेतृत्वमा गएको टोलिले गाँउपालिका अध्यक्ष डम्बरबहादुर जिसिलाई ज्ञापनपत्र बुझाएको हो ।

नेविसंघले बुझाएको ज्ञापनपत्रमा कोरोना भाईरसलाई चुनौती दिदै पठनपाठन सन्चालन गर्ने तरिकाले भर्ना अभियान सन्चालन गरेको र विभिन्न बहानामा शुल्क लिने काम प्रती गम्भीर ध्यानाकर्षण भएको र तत्काल यस्ता कार्य रोक्नका लागि गाउँपालिका अध्यक्षलाई आग्रह गरिएको छ । तत्काल यस्ता कार्य नरोकिए नेविसंघ चरणबद्ध आन्दोलन उत्रिने ज्ञापनपत्रमा भनिएको छ ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेविसंघ पुर्व केन्द्रिय सदस्य आरसी भट्टराई , नेविसंघ नवलपुरका कोषाध्यक्ष राजेन्द्र तिमिल्सिना नेविसंघ जिल्ला सदस्य नमखान मगर, नेविसंघ कुमारवर्ती बहुमुखी क्याम्पस सभापति सुदिप चापागाईं, नेविसंघ मध्यविन्दु संयोजक जितु खडका, कावासोतिका संयोजक कृष्ण कंडेल, भानुदय बहुमुखी क्याम्पस ईकाई सभापति दिनेश सुबेदि लगाएतका नेविसंघका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

केही दिन देखि पुर्वी नवलपरासीमा केही सामुदायिक र संस्थागत विद्यालयले विभिन्न बहानामा अभिभावक सँग शुल्क लिएको कुरा सामाजिक सन्जाल मार्फत बाहिर आए पछि यस्को चर्को विरोध हुँदै आएको छ । यस अघि शुक्रवार नेविसंघ पालिका समन्वय समिति मध्यविन्दु, कावासोती र गैंडाकोटले नगरपालिकामा ज्ञापनपत्र बुझाईसकेका छन ।

प्रकाशित : २०७७ असार १६ गते १४:४९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI