काठमाडौँ उपत्यकाका ढलमा भेटियो कोरोनाभाइरस

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २० गते १३:३९

काठमाडौँ, २० असार । काठमाडौँ उपत्यकाको ढलमा कोरोनाभाइरस भएको पुष्टि भएको छ ।

उपत्यकाका विभिन्न ४ स्थानको ढलको नमुना परीक्षण गर्दा २ ठाउँमा कोभिड १९ फेला परेको हो । सेन्टर फर मलिकुलर डायनामिक्स नेपालले गरेको ‘इनभाइरोमेन्टल सर्भिलेन्स अफ सार्स २’ अध्ययनले यस्तो तथ्य भेटाएको हो ।

उक्त अध्ययनलाई आधार मान्ने हो भने उपत्यकामा समुदायस्तरमा कोरोना फैलिएको बुझ्न सकिन्छ ।

संक्रमित मानिसहरुको दिसामा पनि कोभिड १९ गराउने भाइरस हुन सक्ने भन्दै अध्ययन भइरहेको बताइएको छ । यो अध्ययनले नेपालमा समुदायस्तरमा कोभिड १९ फैलिएको वा नफैलिएको निक्र्यौल गर्न मद्दत गर्दछ ।

यस अध्ययनमा संलग्न विज्ञहरुले राज्यमा पनि समुदायस्तरमा संक्रमण फैलिएकोबारे सचेत हुन आवश्यक बताएका छन् । त्यस्तै, सरकारले त्यहीअनुसार सम्पूर्ण तयारी गर्नुपर्ने उनीहरुको ठम्याइ रहेको छ ।

प्रकाशित : २०७७ असार २० गते १३:३९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI