काठमाडौँ उपत्यकामा थप १७२ जनामा कोरोना संक्रमण पुष्टि

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन ३२ गते १६:४७
काठमाडौँ उपत्यकामा थप १७२ जनामा कोरोना संक्रमण पुष्टि
corona

काठमाडौं उपत्यकामा आइतबार १७२ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

आजको सहित काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या १९६७ पुगेको छ। काठमाडौंमा १५६७, ललितपुरमा २६८ र भक्तपुरमा १३२ संक्रमित पुष्टि भएका छन्।

आज देशभर ६४१ जना कोरोना संक्रमित थपिएका छन् भने १३४ जना संक्रमित डिस्चार्ज भएको डा गौतमले जानकारी दिए।

प्रकाशित : २०७७ साउन ३२ गते १६:४७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI