फेरि बढयो सुनको भाउ

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १६ गते १२:०८
फेरि बढयो सुनको भाउ

नेपाली बजारमा बहुमूल्य धातु सुनको भाउ आज मंगलबार तोलामा ९ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ ९८ हजार ४ सय रुपैयाँ रुपैयाँ कायम भएको छ। सोमबार सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेर ९७ हजार ५ सय रुपैयाँ पुगेको थियो।

महासंघका अनुसार स्थानीय बजारमा तेजाबी सुनको भाउ मंगलबार ९७ हजार ९ सय रुपैयाँ कायम भएको छ। तेजाबी सुन सोमबार तोलाको ९७ हजार रुपैयाँमा किनबेच भएको थियो।

छापावाल (२४ क्यारेट) र तेजाबी (२२ क्यारेट) सुनको भाउसँगै चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले बढेको छ।

मंगलबार चाँदीको भाउ तोलाको १ हजार ३ सय ९५ रुपैयाँ कायम भएको छ। चाँदीको भाउ सोमबार तोलामा २५ रुपैयाँले बढेर १ हजार ३ सय ६५ रुपैयाँ थियो।

उपभोक्ताको अनुमानभन्दा उच्च दरमा भाउ बढ्नु तथा कोरोना महामारीका कारण चार महिना लामो ‘लकडाउन’ र काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाका कारण सुन बजार नराम्रोसँग प्रभावित भएको व्यवसायी बताउँछन्।

प्रकाशित : २०७७ भदौ १६ गते १२:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI