अक्षय कुमारबारे रोचक प्रशंग: करातेमा ब्ल्याक बेल्ड, रवीनासँग दुई चोटी तोडिएको इन्गेजमेन्ट

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ २४ गते २१:४९
अक्षय कुमारबारे रोचक प्रशंग: करातेमा ब्ल्याक बेल्ड, रवीनासँग दुई चोटी तोडिएको इन्गेजमेन्ट

एजेन्सी। बलिउड अभिनेता अक्षय कुमार ५३ वर्षका भए। १९६७ सेप्टेम्बर ९ तारिखमा पञ्जाबको अमृतसरमा जन्मिएका अक्षय १९९१ मा चलचित्र क्षेत्रमा प्रवेश गरे।

 

उनका बुवा पहिले भारतीय आर्मी थिए। पछि त्यो जागिर छोडेर अकाउन्टेनको भए। त्यसै जागिरका लागि उनीहरू दिल्लीको चाँदनीचोकबाट मुम्बई सरेका थिए।

 

उनको डेब्यू चलचित्र थियो ‘सौगन्ध’। र, अहिले पनि उनी नयाँ चलचित्र ‘बेल बटम’ को छायांकनकै लागि विदेशमा छन्। बलिउड सबैभन्दा धेरै कमाउने स्टार हुन्, अक्षय। र, उनीबारे रोचक प्रशंग छन्।

 

‘खेलाडी कुमार’ नामले परिचित अक्षय खेलाडी अभिनेताकै रूपबाट चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए। तर, उनले खासै चर्चा पाएननन्।

 

त्यसपछि खेलाडी अभिनेताको भूमिका त्यागेर उनले कमेडियन पाटो रोजे। र, चर्चासँग सफलता पनि पाए। यस्तै-यस्तै अक्षयको करिअर र व्यक्तिगत जीवनसँग जोडिएका केही रोचक प्रशंग:

 

करातेमा ब्ल्याक बेल्ड: 

 

अक्षयलाई खेलकुद निकै मन पर्थ्यो। छिमेकीहरू कराते खेल्थ्ये। त्यही देखेर उनमा पनि कराते खेल्ने रहर जाग्यो। कक्षा १० पढेर बुवासँग जिद्धी गरेर उनी कराते सिक्न थालेका कक्षय ब्ल्याक बेल्टसम्म पुगेका थिए।

 

पाँच वर्ष कराते खेले। त्यसपछि कोलकता-ढाकामा ट्राभल एजेन्ट र होटलमा काम गर्दै उनी दिल्ली पुगेका थिए। दिल्ली पुगेको केही समयपछि उनले गहनाको ज्वैलरी खरिद गरेर मुम्बई सरे।

 

जब बिहानको सात बजेलाई रातिको सात बजे सम्झिए:

 

अक्षयलाई कसैले मोडलिङ गर्न सल्लाह दिएको थियो। फर्निचरको पसलबारे भएको एक फोटोसूटका लागि उनी तयार भए। र, उनले त्यो मोडलिङबापत २१ हजार रूपैयाँको चेक पाएका थिए।

 

एक पटक उनी मोडलिङको शिलसिलामा बैङ्ग्लोर जानुपर्ने थियो। उनी बिहानको सात बजे एयरपोर्ट पुग्नुपर्ने थियो। तर, उनी साँझको सात बजे एयरपोर्ट पुगे। उनले बिहान सात बजेलाई साँझको सात बजे सम्झिँदा समस्या भएको थियो।

 

राति उनले एक मोडल कोर्डिनेटरलाई आफ्नो तस्बिर देखाउन थाले। त्यसै क्रममा प्रमोद चक्रवर्ती भेटिए। तस्बिर देखेर प्रमोदले चलचित्रमा काम गर्न प्रस्ताव गरे। र, त्यसमा अक्षयको उत्तर हुन्छ थियो। सकरात्मक प्रतिक्रिया पाउने बित्तिकै अक्षयले प्रमोदबाट ५ हजारको चेक तुरुन्तै पाएका थिए।

 

हरेक सिनपछि जोक अनिवार्य:

 

अक्षय कुमार चलचित्र जति धेरै कमेडियन देखिन्छन्। वास्तविक जीवनमा पनि उनी त्यस्तै छन्। उनी चलचित्रको छायांकनको क्रममा सबैभन्दा सहज देखिन्छन्।

 

हरेक सिनको छायांकनपछि उनी कुनै न कुनै जोक गरिहाल्छन्। बिहान ५ बजेदेखि राति १० बजेसम्म पनि छायांकन खटिन सक्ने उनी प्रत्येक सटपछि भने जोकलाई प्राथमिकता दिन्छन्।

 

एक टेकमा ६ पेजको डायलग:

 

कतिपय कलाकारलाई छायांकनको क्रममा डायलग भुल्ने समस्या हुन्छ। तर, अक्षयलाई यो समस्या छैन। उनले चलचित्र ‘प्याडमेन’ को छायांकनका क्रममा ६ पेजको डायलग एक टेकमा पुरा गरेका थिए।

 

१३ मिनेटको प्रवचन उनले एकै सटमा पुरा गरेका थिए। त्यो बेला न उनले विश्राम लिए न त कुनै डायलग बिगारे। उनको त्यो काम देखेर छायांकन खटिएका सबै जना चकित परेका थिए।

 

जुन घरबाट अपमानित बनेका थिए, त्यही घरका मालिक:

 

अक्षय अहिले बलिउडका स्टार्स हुन्। तर, मोडलिङ गर्ने बेला निकै संघर्ष गर्नुपरेको थियो। एक दिन उनी मुम्बईको एक घरभित्रको सिनमा फोटोशूट गराउन चाहन्थ्ये। तर, त्यहाँका गार्डले उनलाई भित्रबाट निकालिदिएका थियो। उनीहरूले खिचेका तस्बिर डिलिट गर्न लगाएर बाहिर निकालिएको थियो।

 

तर, जब उनले आफ्नो प्रगति गरे, उनले त्यही बंगला किने। समुन्द्र किनार नजिकैको उक्त घरमा यतिबेला श्रीमती ट्वींकल खन्ना तथा दुई छोराछोरी- आरव र नितारा बस्दै आएका छन्। उक्त घरको इन्टेरियर ट्वींकलले नै गरेकी थिइन्।

 

जब उनलाई समलिंगी सम्झिइयो

 

अक्षय कुमारकी सासु अभिनेत्री डिम्पल कपाडियाले उनलाई समलिङ्गी सम्झिएकी थिइन्। उनकी पत्नी ट्वींकलले करण जोहरको टक शो ‘काफी विथ करण’ मा उक्त कुराको खुलासा गरेकी थिइन्।

 

२०१६ मा दुवै जना करणको उक्त शो मा पुगेका थिए। अक्षय र ट्वींकलले आफ्नो व्यक्तिगत जीवनबारे थुप्रै कुरा बताएका थिए। जब अक्षय ट्वींकलको हात माग्नका लागि डिम्पल कहाँ गए। त्यो बेला डिम्पलले अक्षयलाई समलिंगी सम्झिएकी थिइन्। र, आफ्नो छोरीको जीन्दगी नै बर्बाद गरिदिने भन्ने डर पनि थियो।

 

तर, पछि ट्वींकलले सम्झाएपछि उनी छोरी दिन तयार भएकी हुन्। विवाहपछि ट्वींकल चलचित्र क्षेत्रबाट टाढा भइन्।

 

‘लेडी किलर’ नामले परिचित  

 

‘लेडी किलर’ नामबाट पनि परिचित अक्षयले एक अन्तर्वार्ताको क्रममा आफू इमान्दार भएर काम गर्दा युवतीहरू आकर्षित हुने गरेको बताएका थिए।

 

उनको नाम रवीना टण्डन, शिल्ला सेट्टी, रेखा तथा थुप्रै अभिनेत्रीसँग जोडिएको थियो। यो नामहरूमा उनले कहिले स्वीकार गरेनन्।

 

उनले रवीनासँग इन्गेजमेन्ट गरेको थिए। त्यही समयमा उनी शिल्पा शेट्टीसँग डेटमा थिए। रवीना र उनको इन्गेजमेन्ट दुई पटक रद्द भएको थियो। र, अन्तत: रवीनाले विवाह गर्न अस्वीकार गरिन्। अक्षयले जे चाहेका थिए, आखिर त्यही भयो।

प्रकाशित : २०७७ भदौ २४ गते २१:४९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI