संविधानको भावनालाई आत्मसात गर्दै यसको कार्यान्वयनमा अग्रसर हुन महामन्त्री कोइरालाको आग्रह

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ३ गते ८:५८
संविधानको भावनालाई आत्मसात गर्दै यसको कार्यान्वयनमा अग्रसर हुन महामन्त्री कोइरालाको आग्रह

नवलपुर । नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशांक कोईरालाले संविधानको भावनालाई आत्मसात् गर्दै राज्यका सबै अङ्ग यसको कार्यान्वयनमा अग्रसर हुन आग्रह गरेका छ्न ।

कोरोना संक्रमित भएर अस्पतालमा उपचाररत रहेका कोइरालाले संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिदै यस्तो बताएका हुन । डाक्टर कोइराला द्वारा जारी सन्देशमा “संविधानको भावनालाई आत्मसात् गर्दै राज्यका सबै अङ्ग यसको कार्यान्वयनमा अग्रसर हौ । लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न संविधान दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दछु ” भनिएको छ ।

गत भाद्र २३ गते कोरोना संक्रमण पुष्टि भएका कोईराला यति बेला ॐ अस्पतालमा उपचाररत रहेका छ्न । कोइरालाको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पताल स्रोतले जनाएको छ ।

प्रकाशित : २०७७ असोज ३ गते ८:५८

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI