आज देशभरको मौसममा सुधार

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ४ गते ७:३९
आज देशभरको मौसममा सुधार
काठमाडौं। अहिले बागमती, गण्डकी, प्रदेश ५ र कर्णाली प्रदेशमा आंशिकरूपमा मात्र बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

 

आज देशभर आंशिकदेखि सामन्य बदली मात्र हुने र थोरै स्थानहरूमा मात्र हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको अनुमान छ।

 

महाशाखाका अनुसार आज राति भने प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

 

आगामी २४ घण्टामा मौसमसम्बन्धी कुनै चेतावनी दिइएको छैन।

प्रकाशित : २०७७ असोज ४ गते ७:३९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI