प्रहरीको सीआईडी भन्दै पैसा लुुट्ने भरतपुरका युवा थुम्सीबाट पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ८ गते २१:००
प्रहरीको सीआईडी भन्दै पैसा लुुट्ने भरतपुरका युवा थुम्सीबाट पक्राउ

कावासोती ।

नेपाल प्रहरीको सिआईडी भन्दै मोवाईल तथा नगद लुुटपाट गर्दै आएका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गैँडाकोट नगरपालिका वडा नं. ९ थुम्सी लगायतका सार्वजनिक पार्कमा घुम्न जाने युवा युवतीलाई प्रहरी भनेर धम्काउदै नगद लुुटपाट गर्ने भरतपुरका रामचन्द्र परियारलाई प्रहारीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय गैँडाकोटको प्रहरी टोलीले २८ वर्षीय परियारलाई थुम्सीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।भरतपुर महानगरपालिका वडा नं. ५ रामबाघ बस्ने १८ वर्षीया विनिता परियारको साथबाट मोबाईल तथा नगद लुट्न लागेको अवस्थामा उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी मोहन खाँडले बताउनु भयो ।

थुम्सीमा रहेका होटलहरुमा मादक पदार्थ सेवन गरी पैसा समेत नतिरी हिड्ने गरेको भन्ने सुचना प्राप्त भएपछि प्रहरीले निगरानी बढाएको थियो । पक्राउ परेका परियार माथी अभद्र व्यवहार मुद्दा शिर्षकमा जिल्ला प्रशासन कार्यालय नवलपरासी (पूर्व) बाट दिन ७ (सात) को म्याद थप गरी अनुसन्धान सुरु गरिएको बताइएको छ ।

प्रकाशित : २०७७ असोज ८ गते २१:००
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI