मौसम पूर्वानुमान : पहाडी भेगमा हल्का वर्षाको सम्भावना

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज १५ गते ७:१५
मौसम पूर्वानुमान : पहाडी भेगमा हल्का वर्षाको सम्भावना

काठमाडौं। हाल  देशभरको मौसम आंशिकदेखि सामान्य  बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ मा सामान्य बदली रही ती ठाउँका थोरै स्थानहरूमा हल्का वर्षा र बाँकी प्रदेशका एक/दुई स्थानहरूमा  हल्का वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार राति देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी क्षेत्रका एक/दुई  स्थानहरूमा  हल्का वर्षा हुन सक्छ।

प्रकाशित : २०७७ असोज १५ गते ७:१५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI