जयश्री खोलामा भेटिएका शव गैंडाकोट-२ का दाजुभाइको

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक १९ गते २०:२९
जयश्री खोलामा भेटिएका शव गैंडाकोट-२ का दाजुभाइको

डोलराज रानाभाट,गैंडाकोट, कार्तिक १९ । गैंडाकोट ३ जयश्री खोलाको रहमा भेटिएको २ वटा शव यस अघि गैंडाकोट २ बाट हराएको भनिएका दाजुभाईको रहेको इलाका प्रहरी कार्यालय गैंडाकोटले जानकारी दिएको छ । शवको मृतकको आफन्तले पहिचान गर्नुभएको प्रहरी निरीक्षक  चन्द्रबहादुर  थापाले  जानकारी दिनुभयो ।
गैँडाकोट नगरपालिका वडा नं. २ एसपीएम टोलका वर्ष २६ का विजयबाबु पौडेल र वर्ष २१ का संगम पौडेल सोमबार विहानदेखि परिवारको सम्पर्क बाहिर रहेका थिए । विहान घरमा परिवारसँगै खाना खाएर करिव साढे १० वजे घरबाट निस्केका उनिहरु सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन आग्रह गरेका थिए । तर उनीहरुको आज शव फेला परेको हो ।
पानी ल्याउन जयश्री खोलामा वाँधीएको बाँधबाट वनेको रहको किनारमा एउटा र पानीमा डुवेको अवस्थामा अर्को युवाको शव फेला परेको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख चन्द्र वहादुर थापाले जानकारी दिनुभयो ।
जंगलमा घाँस दाउरा गर्न आउनेले वडा अध्यक्ष शिवकान्त तिवारीलाई खवर गरेपछि उहाँले गैंडाकोट प्रहरीलाई खवर गर्नुभएको थियो । शव घटनास्थलमै रहेको छ ।
अहिले घटनास्थल सुरक्षित राखिने र वाँकी प्रकृया भोलि विहान गरिने प्रहरी निरीक्षक थापाले बताउनुभयो ।

प्रकाशित : २०७७ कार्तिक १९ गते २०:२९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI