आजको मौसम : सामान्यतया सफा, पहाडी भू–भागमा आंशिक बदली हुने सम्भावना

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक २६ गते ८:३४
आजको मौसम :  सामान्यतया सफा, पहाडी भू–भागमा आंशिक बदली हुने सम्भावना

काठमाडौं :  हाल देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणालीको विकास भएको छैन ।

हाल देशका हिमाली भू–भागको मौसममा आंशिक बदली रहेको छ ।

देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू–भागको मौसममा आंशिक बदली हुने सम्भावना रहेको छ ।

त्यस्तै देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

त्यसैगरी आज राती देशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ ।

त्यस्तै देशका अन्य भू–भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित : २०७७ कार्तिक २६ गते ८:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI