चितवन राष्ट्रिय निकुञ्जमा अवैध गतिविधि मौलाउदो, ५ महिनामा २४९ जना पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर २४ गते १२:५२
चितवन राष्ट्रिय निकुञ्जमा अवैध गतिविधि मौलाउदो, ५ महिनामा २४९ जना पक्राउ

चितवन : नेपालकै पहिलो चितवन राष्ट्रिय निकुञ्जभित्र अवैध गतिविधि गर्नेहरु बढ्दै गएका छन् । प्रकृति र बन्यजन्तुको संरक्षणमा लाग्नुपर्ने मानिसहरु अवैध गतिविधिमा संक्रिय हुन थालेका हुन् ।
त्यसरी अवैध गतिविधि गर्नेहरुमाथि निकुञ्जले कडा निगरानी बढाएको छ । जसका कारण पक्राउ पर्नेहरु बढेका छन् । निकुञ्जले दिएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ५ महिनामै २४९ जना व्यक्तिहरु पक्राउ परेका छन्, नमस्ते बिहानी साप्ताहिकमा खबर छ । यो साउन देखि मंसिर २२ सम्मको तथ्याङ्क हो । यसले अवैध क्रियाकलाप गर्नेहरु बढेको देखाउँछ । निकुञ्जका अनसार साउनमा १७ जना पक्राउ परेका थिए ।
यो बढेर भदौमा १०२ जना पक्राउ परे । असोजमा केही घट्यो जुन महिना २१ जना पक्राउ परेका थिए । कर्तिकमा ५४ र मंसिरमा ५५ जना पक्राउ परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो । ऐन नियम भित्र रहेर गतिविधि गर्नेहरुलाई निकुञ्ज र सेनाले कहिल्यै दुख नदिएको तर अवैध क्रियाकलाप गर्नेहरुलाई नछाडिएको निकुञ्जको सुरक्षार्थ खटिएका बटुक दल गणका गणपति अरुण श्रेष्ठले जानकारी दिनुभयो, नमस्ते बिहानी साप्ताहिकमा खबर छ ।
पक्राउ पर्नेहरुमा सवै भन्दा धेरै माछा मार्नेहरु रहेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार चालु आर्थिक वर्ष २०७७/०७८ को मंसिर २२ सम्म माछा मार्ने १२३ जना पक्राउ परेका हुन् । श्रावणमा १० जना, भाद्रमा ४९ जना, असोजमा ११ जना, कार्तिकमा १४ जना, मंसिरमा ३९ जना पक्राउ परेका छन् ।
त्यसपछि घास दाउरा चोर्नेहरु पक्राउ परेका छन् । कुल ६३ जना फक्राउ परेका मध्य भदौमा १३, कार्तिकमा ३६, मंसिरमा १४ जना पक्राउ परेका छन् । बालुवा गिट्टी चोर्नेहरु २५ जना पक्राउ परेका छन् ।
जसमा साउनमा ७, भदौमा १२, असोजमा ६ जना रहेका छन् । त्यस्तै काठ चोरी गर्ने १३ जना पक्राउ परेका छन् । भदौमा ७ , असोजमा ३, कार्तिकमा २ र मंसिरमा १ जना पक्राउ परेको सुचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
अन्य वन्यजन्तु तस्करी गर्ने २३ जना पक्राउ परेका छन् । भदौमा २१, असोज र कार्तिकमा १÷१ जना पक्राउ परेका छन् । गैँडा चोरी शिकारी गर्ने १ जना र विदेशी नागरिक १ जना पनि पक्राउ परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो ।

प्रकाशित : २०७७ मंसिर २४ गते १२:५२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI