देवचुलीको मेघापार्कमा कौडा खेलिरहेका ५ जना पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर २७ गते ७:४४
देवचुलीको मेघापार्कमा कौडा खेलिरहेका ५ जना पक्राउ

पूर्वि नवलपरासीमा जुवा (कौडा) खेल्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको देवचुली नगरपालिका वडा नं. १ स्थित मेघापार्कमा जुवा खेलिरहेका उनिहरु गएराति पक्राउ परेका हुन ।

उनिहरुको साथबाट नगद ३ लाख ८५ हजार २२५ रुपैँया बरामद गरिएको नवलपुर प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा स्थानीय ३९ वर्षका सुवास चन्द्र ओझा, भरतपुुर महानगरपालिका वडा नं. ११ का ४० वर्षका किरण श्रेष्ठ, वडा नं. ११ कै ४० वर्षका दुर्गामान गुरुङ, भरतपुर २ का ३० वर्षका सन्दिप गुरुङ र लम्जङ सुन्दरबजार नगरपालिका वडा नं. ४ घर भएका ३९ वर्षका दिनेश जोशी रहेको प्रहरी ईन्सपेक्टर मधुसुदन सिहंले जानकारी दिनुभयो ।

पक्राउ परेका उनिहरुमाथी मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ मंसिर २७ गते ७:४४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI