सम्झनामा कृष्ण बहादुर

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष ४ गते १७:३१
सम्झनामा कृष्ण बहादुर

केशब तिवारी
आदर्शवादी ब्यक्तित्व सत्यवादी नेता साबिक जुटपानी गाबिसका काङ्ग्रेसका अभिभावक कृष्ण बहादुरले मंसिर २२ गते देहत्याग गरि महाप्रस्थान रोज्नु भो !

उहाँ बितेपछी नवौं दिनको तिथि पारेर काङ्ग्रेसले उहाँकै निवासमा शोक सभा गर्‍यो ! जम्मा जम्मी ४१ जनाको उपस्थिति रहेको शोक सभामा ५ बजे सम्म हाजिर जनाउनेको संख्या ६५ पुगेछ ! वरपरका छिमेकी बाहेक ! कृष्ण बहादुरका बारेमा भाषण भूषण भो ! सबैले कृष्ण बहादुरको सालिन चरित्रको अनुसरण गर्नुपर्ने अर्ति उपदेश छाँटे ! उहाँको महानताको चर्चा भो ! ४५- ४६ सालतिर कृष्ण बहादुरलाई ढुङ्गा चढाउनेले समेत उहाँको तस्बिरमा फुल चढाए ! गुणगान गाए ! भावुक भए !!!

शोकसभा बाट फर्कदा बाटोमा एक काङ्ग्रेसि भेटिए – कार्यक्रमको बारेमा थाहा त थियोे तर कोरोनाका कारण उपस्थित हुन सकिन ! स्पष्टीकरण दिए ! उनी तिनै काङ्ग्रेस हुन जो केही दिन अघि भरतपुरको भाटभटेनिमा सपिङ्ग गर्दै गर्दा भेटिएका थिए ! अर्का काङ्ग्रेस पनि बाटोमै भेटिए – उनी पनि त्यस्तै – कोरोना त्रास ! उनलाई पनि शोकसभामा सामेल हुन चै रोक्यो !!

सायद त्यो शोकसभामा खानपिनको राम्रै बन्दोबस्त हुन्थ्यो या आर्थिक राजनैतिक उन्नति प्रगतिको सम्भावना रहन्थ्यो भने सैकडौं बहादुर काङ्ग्रेसिको सामेली हुन्थ्यो होला ! कोरोना सोरोनाले रोक्ने थिएन !! खानपिन पछि खाम बितरणको कार्यक्रम रहन्थ्यो भने सयौंको उपस्थिति हुन्थ्यो होला ! फुल चढाउन र भाषण छाट्न तँछाडमछाड हुन्थ्यो होला !!

तर त्यहाँ त कृष्ण बहादुरको तस्बिरमा अर्पण गर्न राखिएको फुल र परीवारले राखिदिएको सादा पानी मात्र थियोे ! अनि किन र के का लागि हाजिरी बजाउनु ? के का लागि उपस्थित हुनु ?

जे होस ! मृत्यु पर्यन्त ६५ जनाको चितवने काङ्ग्रेसको विशाल समुहले कृष्ण बहादुरलाई सम्झेकोमा कृतज्ञता जाहेर गर्नैपर्छ ! कृष्ण बहादुर जस्तै हुनुपर्ने भाषण गर्ने काङ्ग्रेसजनमा उहाँ जस्तो हुन नसके पनि उहाँको सद्घगुणको केही अंसले मात्र भए पनि बास गरोस ! आज मंसिरको ४ गते तपाईंको तेह्रौं दिनको पुण्य तिथिमा गहुँत ग्रहण गर्दै गर्दा तपाइँले देखाएको सत्कर्मको बाटो अझै सम्झिरहेको छु ! भाबपुर्ण श्रद्धाञ्जली कृष्ण बहादुर ठुला बा !!

प्रकाशित : २०७७ पुष ४ गते १७:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI