संसद विघटनको विरोधमा कावासोती र गैंडाकोटमा तरुण दल र नेविसंघको राकेँ जुलुस

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष ६ गते १९:५३
संसद विघटनको विरोधमा कावासोती र गैंडाकोटमा तरुण दल र नेविसंघको राकेँ जुलुस

कावासोती । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको गरेपछि नवलपुरको कावासोती र गैंडाकोटमा सोमबार नेपाली काङ्ग्रेसको भातृसंस्था तरुण दल र नेविसंघले राँकेजुलुस प्रदर्शन गरेका छन् । प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले लोकतन्त्रको हरण र संविधानको धज्जी उडाएको भन्दै जिल्ला सदरमुकाम कावासोती र गैंडाकोटमा तरुण विद्यार्थीले प्रदर्शन गरेका हुन् ।

राकेँजुलुसमा सरकार विरुद्ध नारा लगाउँदै संविधानमाथि ‘कू’ भएकाले चरणवद्ध आन्दोलन सुरु भएको बताएका छन् । जनताले लडेर ल्याएको लोकतन्त्र र संविधान माथी प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले प्रहार गरेको राकेँजुलुस पछि आयोजित कोणसभामा बोल्नेहरुले आरोप लगाएका छन् ।

संसद विघटनको प्रस्ताव तत्काल फिर्ता नलिए देशभर आन्दोलनको राँको बल्ने तरुण विद्यार्थीहरुले चेतावनी दिएका छन् ।

जिल्ला सदरमुकाम कावासोतिको ईन्द्र चोक देखि सुरु भएर फलफूल चोकमा गएर समापन भएको प्रदर्शन पछिको कोण सभामा नेविसंघ पुर्व केन्द्रिय सदस्य आरसी भट्टराई , तरुण दल क्षेत्रीय सभापति राजन सुवेदी , तरुण दल जिल्ला उपाध्यक्ष मिन घले काङ्ग्रेस नवलपुरका नेता झपेन्द्रश्वर भुसालले सम्बोधन गरेका थिए ।

यस्तै जिल्लाकै गैंडाकोटको गैंडाकोट नगरपालिका गेट देखि सुरु भएर काङ्ग्रेस चोकमा गएर समापन भएको प्रदर्शन पछिको कोण सभामा नेविसंघका नेता प्रकाश सापकोटा , तरुण दल जिल्ला सचीव गोपाल सापकोटा , नेविसंघ जिल्ला सभापति राजेश पौडेल र नेविसंघ पुर्व केन्द्रिय सदस्य गोकुल सापकोटाले सम्बोधन गरेका थिए ।

प्रकाशित : २०७७ पुष ६ गते १९:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI