देवचुली-१०का २१ वर्षीय युवक बेपत्ता: खोजी गरिदिन परिवारको आग्रह

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष १५ गते २२:२२
देवचुली-१०का २१ वर्षीय युवक बेपत्ता: खोजी गरिदिन परिवारको आग्रह

कावासोती । देवचुली नगरपालिका वडा नं १० पृथ्वीनगर आफ्नै घरबाट मंगलबार बिहान साहिल पाण्डे नाम गरेका २१ बर्षीय एक युवक बेपत्ता भएका छन् ।

परिवारले जनाए अनुसार युवक मंगलबार बिहान करिब ११:३० बजे देखि आफ्नै निवासबाट हराएका हुन ।

बेपत्ता किशाेरकाे अनुहार कालाे बर्णकाे हल्का दार्ही जुँगा पालेकाे र किशाेरले साेमबार देखि नै खैराे रङ्गको सुरूवाल, टिसट, खुट्टामा चप्पल लगाएकाे परिवारले जनाएकाे छ।

भारतमा बस्दै आएका उनी केही दिन अघि मात्र नेपाल आफ्नाे घर आएका थिए । उनलाई हिन्दी र अंग्रेजी मात्र बाेल्न आउने तर नेपाली बाेल्न नजान्ने पारिवारिक स्रोतले जनाएको छ ।

निज युवकलाई कसैले देखे अथवा भेटेमा परिवारको सम्पर्क नं ९८४७२७०२१६ / ९८०४२७२०२१या नजिकको प्रहरी कार्यालयमा खबर गरेर सहयोग गरिदिन परिवारले आग्रह गरेको छ ।

प्रकाशित : २०७७ पुष १५ गते २२:२२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI