हुम्लामा ओली र प्रचण्ड-माधव समूहबिच झडप: वडा अध्यक्ष घाइते

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ ५ गते १७:३८
हुम्लामा ओली र प्रचण्ड-माधव समूहबिच झडप: वडा अध्यक्ष घाइते

हुम्ला । हुम्लाको अदानचुची गाँउपालिकामा नेकपाको ओली र प्रचण्ड-माधव समूहबिच झडप भएको छ । समूहबिच झडपमा  अदानचुली गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष रंग थापा घाइते भएका छन् । घाईते थापालाई थप उपचारका लागि हेलिकप्टरबाट जिल्ला अस्पताल सिमकोट ल्याईएको छ ।

आइतबार दिउसो वडाध्यक्ष थापाको नेतृत्वमा अदानचुलीको कल्ख्यामा नेकपाको ओली पक्षले वडा कमिटी गठन गरेर फर्कने क्रममा बाटोमा प्रचण्ड-नेपाल पक्षका कार्यकर्ताहरुले ढुङ्गामुढा गर्दा वडाध्यक्ष थापा घाइते भएका गाउँपालिका अध्यक्ष दल फडेराले बताएका छन ।

थापाको टाउको तथा मुखमा चोट लागेको छ । स्थानीय स्वास्थ्य चौकीमा अध्यक्ष थापालाई ६ वटा टाँका लगाइ उपचार गरिएको भए पनि स्थानीय स्वास्थ्य चौकीमा वडाध्यक्ष थापाको उपचार नहुन भएपछि माउण्टेन एयरको हेलिकप्टर चार्टर गरी थप उपचारका लागि जिल्ला अस्पताल सिमकोट ल्याइएको अध्यक्ष फडेराले बताए ।

 वडाध्यक्ष थापाको अहिले जिल्ला अस्पताल सिमकोटमा उपचार भईरहेको छ । पूर्व माओवादीबाट वडाध्यक्षमा निर्वाचित थापा नेकपा दुई समुहमा बिभाजित हुदा उनी अहिले ओली समूहमा लागेका छन् ।

प्रकाशित : २०७७ माघ ५ गते १७:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI