रामकुमारी झाँक्रीलाई अदालत उपस्थित गराउन माग गर्दै बन्दी प्रत्यक्षीकरण रिट दर्ता

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ २९ गते १७:१७
रामकुमारी झाँक्रीलाई अदालत उपस्थित गराउन माग गर्दै बन्दी प्रत्यक्षीकरण रिट दर्ता

काठमाडौं । प्रहरी हिरासतमा रहेकी प्रचण्ड–नेपाल नेतृत्वको नेकपा कम्युनिस्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्रीलाई अदालतमा उपस्थित गराउन माग गर्दै बन्दी प्रत्यक्षीकरण रिट दर्ता भएको छ ।

अधिवक्ता गुणराज आचार्यले अभिव्यक्ति स्वतन्त्रताको मर्मविपरीत प्रहरीले पक्राउ गरेको हुनाले बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ भन्दै रिट हालेका हुन् ।

राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध अमर्यादित अभिव्यक्ति दिएको भन्दै नेपाल प्रहरीको अपराध महाशाखाले झाँक्रीलाई बिहीबार दिउँसो राज्यविरुद्धको कसुरमा निवासबाटै पक्राउ गरेको थियो।

प्रकाशित : २०७७ माघ २९ गते १७:१७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI