प्राकृतिक बासस्थानमा बढेनन् घडियाल

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन १५ गते ७:५६
प्राकृतिक बासस्थानमा बढेनन् घडियाल

चितवन, १५ फागुन । सिमसार पारिस्थितिक प्रणालीको मुख्य प्रजाति मानिएको घडियाल गोही संरक्षणमा चुनौती थपिँदै आएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको कसरा मुख्यालय नजिकै सञ्चालित घडियाल संरक्षण केन्द्र सफल भए पनि जुन उद्देश्यका लागि संरक्षण केन्द्र स्थापना भएको हो त्यो उद्देश्य पूरा गर्न चुनौती थपिएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार केन्द्रले आशातीत प्रतिफल प्राप्त गरे पनि प्राकृतिक बासस्थानमा घडियालको सङ्ख्या बढाउन सकिएको छैन ।
प्रमुख संरक्षण अधिकृत बरालका अनुसार २०३५ सालमा स्थापना भएको केन्द्रले १० वर्षपछि निरन्तर रूपमा प्राकृतिक बासस्थानमा घडियाल छोड्दै आएको छ ।

यो केन्द्रमा प्रजनन् र हुर्काइएका घडियालका बच्चा विभिन्न नदी र तालतलैयामा छोडिँदै आएको भए पनि ती प्राकृतिक बासस्थानमा गोहीको वृद्धि अपेक्षित रूपमा हुन सकेको छैन । केन्द्रले हालसम्म विभिन्न नदीका एक हजार छ सयभन्दा बढी गोही छोडिसकेको छ । तर प्राकृतिक बासस्थानमा केवल दुई सयको हाराहारीमा मात्र गोही भेटिने गरेको छ । याे खबर गाेरखापत्र दैनिकमा छ ।

प्रकाशित : २०७७ फागुन १५ गते ७:५६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI