फाइनप्रिन्ट फिभर:जिवा लामिछाने , गगन थापा ,राजेश हमाल, मनीषा कोइराला र रवि लामिछाने सहितको रोचक संवाद

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन २७ गते १९:०२
फाइनप्रिन्ट फिभर:जिवा लामिछाने , गगन थापा ,राजेश हमाल, मनीषा कोइराला र रवि लामिछाने सहितको रोचक संवाद

कावासोती । फाइनप्रिन्ट फिभर- घुम्ती साहित्य महोत्सव पुर्वी नवलपरासीको हर्कपुरमा चौधरी फाउन्डेसनले सञ्चालनमा ल्याएको उन्नति कल्चरल भिलेजमा यही फागुन २८ र २९ गते हुने भएको छ ।

दुई दिन सम्म चल्ने घुम्ती साहित्य महोत्सवमा जिवा लामिछाने , गगन थापा ,राजेश हमाल, मनीषा कोइराला र रवि लामिछाने सहितका नेपालका साहित्यकार र लेखकहरुको जमघट हुने बताईएको छ ।

देशजगत शीर्षकको सेसनमा लेखक एवं उद्यमी जीवा लामिछानेसँग काँग्रेस नेता गगन थापाले संवाद गर्नेछन् । यसैगरी अभिनेत्री मनीषा कोइरालासँग स्वरूप आचार्यले बाच्ने अभिलाषा’ विषयमा ‘राजनीतिसँगै राजकाज’ पुस्तकका विषयमा आधारित रहेर लेखक एवम् नेता रवीन्द्र मिश्रसँग पत्रकार रवि लामिछानेले छलफल गर्नेछन् । उक्त अवसरमा मिश्रको पुस्तक राजनीतिसँगै राजकाज’ विमोचन गर्ने कार्यक्रम रहेको बताईएको छ पुजींवाद र स्वतन्त्र समाज’ सेसनमा मुराहरी पराजुलीसँग विद्यालक्ष्मी महर्जनले संवाद गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

महोत्सवमा लेखकसँग पुस्तक हस्ताक्षरका कार्यक्रम, विशेष छुटमा पुस्तक प्रदर्शनी राखिएको आयोजकले जनाएको छ । चौधरी ग्रुपको सामाजिक उत्तरदायित्व क्षेत्रमा काम गर्ने चौधरी फाउन्डेसनसगको सहकार्यमा हुन लागेको कार्यक्रमका सबै सत्रमा सहभागिताका लागि शुल्क नलाग्ने बताईएको छ ।

 

प्रकाशित : २०७७ फागुन २७ गते १९:०२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI