सुस्तामा दूध संकलन तथा बिक्री केन्द्र स्थापना

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत ११ गते १५:३०
सुस्तामा दूध संकलन तथा बिक्री केन्द्र स्थापना

उमेश बि.क /नवलपरासी ,११ चैतपश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर २ काे सात्तपतिमा दूध संकलन तथा बिक्री केन्द्र स्थापना भएको छ ।

काेइकाकाे आर्थिक सहयाेग तथा गुड नेवर्स इन्टरनेसनलकाे प्राबिधिक सहयोग एवम् सहमतिकाे आयाेजनामा सन्चालित समावेशी ग्रामीण विकास परियोजना नवलपरासी अन्तर्गत स्थानीयद्वारा पहल परियोजनाबाट अनमाेल कृषि सहकारी संस्था मार्फत दूध संकलन तथा बिक्री केन्द्र स्थापना भएको हाे।

संस्थाका कार्यवाहक अध्यक्ष हरि प्रसाद गैरेकाे अध्यक्षता तथा सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयकाे प्रमुख आतिथ्यतामा एवम् गाउँपालिका उपाध्यक्ष इन्द्र कुमारी थरुनि,गाउँपालिका प्रबक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष कृष्ण लाल मुखियाकाे विशेष आतिथ्यतामा दूध संकलन तथा बिक्री केन्द्र एक कार्यक्रम बिच उदघाटन भएको हाे।

कार्यक्रमलाई सम्बाेधन गर्दै सुस्ता गाउँपालिका अध्यक्ष पाण्डेयले याे कार्यक्रम सात्तपतिकाे मात्र नभएर वडा नम्बर २ काे गाैरब रहेको बताउनु भएको हाे। सुस्ता गाउँपालिकाले विकास निर्माणकाे काम दृत गतिमा बढाइरहेको हुनाले कृषिमा क्रान्ति ल्याउदै युवा स्वराेजगारमा काम याेजनाबद्ध तरिकाले अगाडि बढाएकाे बताउनु भएको हाे । किसानलाई प्राेत्साहनका कार्यक्रम अगाडि बढाउदै किसानले उत्पादन गरेकाे सामग्री मूल्य बढाउनकाे लागि काेल्ड स्टाेर बनाउने कार्य अगाडि बढाएकाे बारे जानकारी दिनुभएको हाे। काेभिडकाे कारण बिदेशबाट फर्केका युवाहरूलाई उद्यमशिलता तालिम दिई उद्यमशिलतामा प्राेत्साहन गरिरहेकाे पनि बताउनु भएको हाे । सुस्ताकाे अनुमाघाटलाई पर्यटकीय क्षेत्र बनाउन अाफु लागि परेकाे बताउदै सुस्ता गाउँबासिकाे तमाम समस्यालाई पहिचान गरि नमुना गाउँपालिका बनाउन लागि परेको बताउनु भएको हाे। सहमतिले सहकारीकाे जीवन परिवर्तन गरिरहेकाे प्रशंसा ब्यक्त गर्दै अनमाेल कृषि संस्थाले गाउँमा मात्र नभएर जिल्ला सम्म अाफ्नाे काम पहिचान गराउन सफल हाेस भनी संस्थाकाे प्रगतिकाे शुभकामना दिनुभएको हाे।

त्यस्तै सहकारी विज्ञ तारानाथ सुवेदीले सहकारी अाफै मालिक अाफै ग्राहक रहेको हुनाले यश दूध संकलन तथा बिक्री केन्द्रलाई नमुना दूध संकलन केन्द्र बनाउन अाग्रह गर्दै अगामि दिनमा यश सहकारी संस्थालाई चाहिने सहयोग र साथकाे लागि सहमति हमेशा तत्पर रहेने बताउदै सहकारी पशु सुत्केरी प्राेत्साहन कार्यक्रम निकै राम्रो रहेको बताउदै संस्थाको प्रगतिकाे शुभकामना सहित अाफ्नाे मन्तब्य राख्नुभएको हाे।

कार्यक्रममा अनमाेल कृषि सहकारी संस्थाका काेषाध्यक्ष कृष्णप्रसाद पन्त ,शान्ति टाेल बिकास समिति अध्यक्ष इन्दिरा पंगेनी ,जिल्ला सहकारी संघ सदस्य दिर्घजिवि पाेख्रेल ,पशुपालक अध्यक्ष देवि प्रसाद पंगेनि,गाेपिकृष्ण पंगेनि लगाएतले सहकारीको उत्तराेतर प्रगतिको शुभकामना ब्यक्त गर्नुभएको हाे।

समावेशी ग्रामीण विकास परियोजना नवलपरासी पश्चिम र नवलपरासी पुर्वमा २ वटा नगरपालिका , ४ वटा गाउँपालिका र १३ वडामा सन्चालित रहेको अाइअारडिएन परियोजन अधिकृत दुर्गा जेठाराले जानकारी दिनुभएको हाे।

दूध संकलन तथा बिक्री केन्द्र स्थापना भएपछि सात्तपतिका बासिन्दा र कृषकहरु उत्साहीत भएका छन् ।

प्रकाशित : २०७७ चैत ११ गते १५:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI