काठमाडौ जाँदै गरेका संघिय संसद शाहको कार दुम्कीबासमा दुर्घटना

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ ७ गते ११:०८
काठमाडौ जाँदै गरेका संघिय संसद शाहको कार दुम्कीबासमा दुर्घटना

दुम्कीबास । प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य अभिषेक प्रताप शाह सवार कार नवलपरासी पूर्व नवलपुरको विनयीत्रिवेणी-१ दुम्कीबासमा दुर्घटना भएको छ ।
इलाका प्रहरी कार्यालय दुम्कीबास नजिकै बिहान १० बजेको समयमा कार दुर्घटना भएको हो । कारमा सवार शाह सहित तिनै जनाको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिनुभयो ।
नयाँ सरकार गठनको लागि राष्ट्रपतिले आह्वान गरेपछि सृजित राजनीतिक अवस्थाको कारण उहाँ गृह जिल्लाबाट काठमाडौं जादै हुनुहुन्थ्यो ।
अहिले उहाँ दुम्कीबासको स्थानीय मेडिकलमा हुनुहुन्छ । दुर्घटना पछि पार्टी केन्द्रीय कार्यालयको सम्पर्कमा गर्नुभएका शाहलाई दिउसो ४ बजेभित्र केन्द्रीय कार्यालय उपस्थित हुन भन्दै निर्देशन आएको बुझिएको छ ।
उहाँ विनयी त्रिवेणी गाउँपालिकाको सवारीमा काठमाडौं जाने तयारी गर्दै हुनुहुन्छ ।

प्रकाशित : २०७८ जेठ ७ गते ११:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI