नवलपुरमा २ सय १ जनामा परीक्षण गर्दा ९० जनामा संक्रमण पुष्टि

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ २४ गते १७:२६
नवलपुरमा २ सय १ जनामा परीक्षण गर्दा ९०  जनामा संक्रमण पुष्टि

कावासोती । नवलपुरमा पछिल्लो २४ घण्टामा २ सय १ जनामा परिक्षण गर्दा ९० जनामा संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले उपलब्ध गराएको तथ्याङक अनुसार जिल्लामा थप ९० जना नयाँ सक्रमित थपिएका छन् । कुल २ सय १ जनाको  परिक्षण गर्दा ९० जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय नवलपुरले उपलब्ध गराएको तथ्याङक अनुसार गैंडाकोटका २१, देवचुलीका १३, कावासोतीका २८, मध्यबिन्दुका १७, विनयी त्रिबेणीका ११ गरि ९० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसै गरि पछिल्लो २४ घण्टामा जिल्लामा १११ जना संक्रमण मुक्त भएका छ्न ।

यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ८ सय ५७ पुगेको छ ।

 

प्रकाशित : २०७८ जेठ २४ गते १७:२६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI