कञ्चन पत्रकारिता पुरस्कार-२०७८ प्रेस युनियनका केन्द्रिय सचिब केबि राना र शान्ति गुरुङलाई

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन १९ गते २०:२७
कञ्चन पत्रकारिता पुरस्कार-२०७८ प्रेस युनियनका केन्द्रिय सचिब  केबि राना र शान्ति गुरुङलाई

पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा ‘कञ्चन पत्रकारिता पुरस्कार–२०७८’ प्रेस युनियनका केन्द्रिय सचीव केबि राना र शान्ति गुरुङलाई प्रदान गरिने भएको छ ।

पुरस्कर छनौट समितिले गरेको सिफारिस अनुसार महासंघको मंगलबारको बैठकले नाम अनुमोदन गरेको अध्यक्ष एमबी आस्थाले जानकारी दिए । पुरस्कार राशि जनही २५ हजार र सम्मानपत्र छ ।

अधिवक्ता सुरेन्द्र थापामगर संयोजक समितिको पुरस्कार छनोट समिति सदस्यमा अधिवक्ता जूनाकुमारी गुरुङ, पत्रकार हुम गुरुङ तथा एमबी आस्था र रुद्र श्रीषमगर रहेका थिए ।
पुरस्कृत हुने राना नेपाल प्रेस युनियनका केन्द्रिय सचीव एवं नवलपुरको देवचुली टेलिभिजनका प्रबन्ध निर्देशक हुन भने गुरुङ रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र पोखरामा कार्यरत छिन ।

उनीहरुलाई साउन २७ मा पोखरामा समारोह आयोजना गरी पुरस्कृत गरिनेछ ।
पोखराका प्रतिष्ठित व्यवसायी बिमलमान गुभाजु र उनका परिवारले आफ्ना बावुआमा वेदमान गुभाजु र नेत्रकुमारी गुभाजुको स्मृतिमा सो पुरस्कार स्थापना गरेका हुन् ।

गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाई क्रियाशील २ पत्रकारलाई हरेक वर्ष सो पुरस्कार प्रदान गरिँदै आएको छ । यसअघि बागलुङका राजेन्द्रमान राजभण्डारी र कास्कीका रुद्रबहादुर थापालाई सो पुरस्कार प्रदान गरिएको थियो ।

प्रकाशित : २०७८ साउन १९ गते २०:२७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI