युट्युवमा आपत्तिजनक भिडियो राख्ने युवक बिरूद्ध म्याद थप गरि अनुसन्धान गरिँदै (अपडेट)

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन ३२ गते १६:३६
युट्युवमा आपत्तिजनक भिडियो राख्ने युवक बिरूद्ध म्याद थप गरि अनुसन्धान गरिँदै (अपडेट)

प्रकाश भण्डारी।  आपत्तिजनक शब्दहरु प्रयोग गरि भिडियो बनाई युट्युबमा अपलोड गर्ने युवक बिरूद्ध अभद्र व्यवहार मुद्धामा म्याद थप गरि अनुसन्धान अगाडि बढाएको छ।

आपत्तिजनक शब्दहरु प्रयोग गरि युट्युबमा भिडियो अपलोड गरेको अभियोगमा आईतबार गैंडाकोट २ एसपिएम कलेज एरियाबाट पक्राउ परेका उक्त युवकलाई आज जिल्ला प्रशासन कार्यालय नवलपुरबाट अभद्र व्यवहार (सामाजिक विकृती फैलाएको) सम्बन्धी मुद्धामा पहिलो पटक १ हप्ता म्याद थप गरि अनुसन्धान थालिएको  ईलाका प्रहरी कार्यालय गैंडाकोटकी प्रहरी निरिक्षक लक्ष्मी खनालले नवलपुर टाईम्सलाई बताउनुभयो।

निज युवकले सामाजिक विकृती फैलाउने  खालको भिडियो युट्युवमा अपलोड गरेको हुँदा कानुनी कारवाहीका लागि म्याद थप गरि अनुसन्धान अगाडि बढाईएको खनालले बताउनुभयो।

‘Virkuti Chok’ शीर्षकको उक्त र्‍याप भिडियो ‘MC-SAITAN OFFICIAL’ नामक च्यानलबाट शनिवार अपलोड गरिएको थियो।

प्रकाशित : २०७८ साउन ३२ गते १६:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI